करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा ३ वर्षको करारमा अनुबन्ध

Posted on: 07 Jun, 2023

जेठ २४, काठमाडौं | जेठ २४, काठमाडौं | फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् ।

बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् जसअनुसार उनी सन् २०२६ सम्म क्लबमा रहनेछन् ।

स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका ३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो । रियलका लागि सर्वाधिक गोल गर्नेमा क्रिस्टियानो रोनाल्डोभन्दा पछि रहेका बेन्जेमाले ३५४ गोल गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!