पावरप्लेमा नेपालले जोड्यो ५४ रन

Posted on: 08 Jun, 2023

जेठ २५, काठमाडौँ | पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पावर प्लेमा ५४ रन जोडेको छ ।

नेपालले १० ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाईसकेको छ । कुशल ८.१ ओभरमा १६ रन जोडेर मन्स्टर सरिफबाट स्लिपमा कच्ड आउट भएका थिए ।

अहिले क्रिजमा आसिफ शेख र भिम सार्की छन् । आसिफ २८ बलमा २४ रन र भमि ८ बलमा ८ रन जोडेर खेलिरहेका छन् ।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!