५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी महिला टी-२० : खेल हारे पनि कविता कुँवर प्लेअर अफ द म्याच

३० जेष्ठ २०८०, मंगलवार ०७:३३

जेठ ३०, काठमाडौँ | महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल मंगलबार पाकिस्तान ए सँग पराजित भए पनि कविता कुँवर प्लेअर अफ दि म्याच बनेकी छिन् ।

हङकङमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ए टिमसँग ९ रनले पराजित भयो ।


खेलमा ओपनिङ बलिङ र ओपनिङ ब्याटिङ गरेकी कविताले अलराउण्ड प्रदर्शन गरेकी थिइन् ।

मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा पाकिस्तान ए लाई ८७ रनमा अलआउट गर्न कविता कुँवरले ३.२ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएकी थिइन् ।

त्यसपछि सीता राना मगरलसँग कविताले ओपनिङ गरिन् । ओपनिङ जोडी सीता र वान डाउनमा आएकी विन्दु रावलको विकेट गएको हेरेकी कविताले १२औं ओभरमा आउट हुनुअघि ३२ बलमा २ चौका प्रहार गरी २० रन बनाइन् । उनी नेपालका लागि धेरै रन बनाउने खेलाडी रहिन् ।

८८ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सकेपछि ९ रनले पराजित भएको हो । नेपालले अब समूह ए मा आफ्नो दोस्रो खेल भारत ए टिमसँग आउने बिहीबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता