एसीसी महिला टी-२०: आज नेपाल भारतसँग भिड्दै

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौँ | नेपाली क्रिकेट टोलीले हङ्कङमा जारी एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा आज नेपाल भारतको ’ए’ टोलीसँग प्रतिस्पर्धा गर्दैछ । जारी प्रतियोगितामा नेपाली टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

नेपाल र भारत ‘ए’बीचको खेल बिहान ११ बजेर १५ मिनेटमा मा सुरु हुने छ। नेपाली टोली आफ्नो पहिलो खेलमा भने पाकिस्तान ’ए’ सँग ९ रनले पराजित भएको थियो | भारतको पनि यो दोस्रो खेल हो । भारतले आफ्नो पहिलो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न नेपालका लागि यो खेलमा जित आवश्यक छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!