५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्याण्ड्सलाई पराजित गर्दै क्रोएसिया नेसन्स लिगको फाइनलमा

३२ जेष्ठ २०८०, बिहीबार ०५:५६

जेठ ३२, काठमाडौँ | नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा पराजित गर्दै क्रोएसिया यूईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

ब्रुनो पेटकोभिच र लुका मोडरिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसियाको उपाधि नजिक पुगेको हो । घरेलु मैदान डे कुइप स्टेडियममा भएको खेलमा डोनयाल मालेनले ३४औं मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई पहिले अग्रता दिलाएका थिए । तर, क्रोएसियाले खेलमा कमब्याक गर्‍यो ।


५५औं मिनेटमा आन्द्रे क्रमारिचले पेनाल्टीमा बराबरी गोल फर्काए भने ७२औं मिनेटमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए ।

खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सका नोया लाङले गोल गरेपछि खेल २-२ को रोमाञ्चक स्थितिमा पुगेको थियो । तर, अतिरिक्त समयमा दुई गोल गर्दै क्रोएसियाले बाजी मार्‍यो । पेटकोभिचले ९८औं र मोडरिचले ११६औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि क्रोएसियाले फाइनलमा स्थान बनायो ।

क्रोएसियाले अब उपाधिका लागि स्पेन र इटलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता