२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप छनोट क्रिकेट नेट टिभी एपमा निःशुल्क स्ट्रिम हुने

२०८०, ३२ जेष्ठ बिहीबार ०७:१८

जेठ ३२, काठमाडौँ | आईसीसी विश्वकप छनोट प्रतियोगिताका खेलहरू नेट टिभी एप र वेबसाइटमा निःशुल्क प्रसारण गरिने भएको छ । एकदिवसीय विश्वकपको छनोट खेल जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बाबेमा आयोजना हुँदैछ ।

प्रतियोगितामा नेपाल पनि सहभागी हुँदैछ । प्रतियोगिताका सबै ३४ खेल नेट टिभी एप र वेबसाइटमा प्रसारण गरिने छ । विश्वकप छनोट प्रतियोगिताका खेलहरू नेपालमा प्रसारण हुने अन्य विदेशी च्यानलहरूमा भने उपलब्ध हुने छैन ।


विश्वकप छनोटका सबै खेलको प्रत्यक्ष प्रसारण नेपाली समय अनुसार, १२ः३५ बजेदेखि सुरु हुनेछन् । जोहरा इन्टरनेशनल प्रालिले नेपालको भूभागभित्र विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि आधिकारिक रूपमा विशेष मिडिया अधिकार प्राप्त गरेको जोहराले जनाएको छ ।

जोहराका अनुसार, स्टार इन्डिया प्रालिमार्फत आधिकारिक सब इजाजतपत्रदाता जोहरा इन्टरनेशनलले नेपालको एड प्याड प्रालिलाई विशेष मार्केटिङ र प्रसारण अधिकार प्रदान गरेको छ । नेपालले विश्वकप छनोट खेल्न लागेको यो पहिलो पटक हो ।

एड प्याडले पनि प्रतियोगिताका खेलहरू नेट टिभी एप र वेबसाइटमा निःशुल्क प्रसारण गर्ने घोषणा गरेको छ । ‘विश्वकप छनोटका खेलहरूको निःशुल्क प्रसारण हुने खबरले खुसी लागेको छ । हामीले आईसीसीलाई पनि पत्र लेखेका थियौं । तर, निजी कम्पनीहरूले आफ्नै पहलमा समयमै प्रसारण अधिकार हासिल गर्दै नेपाली क्रिकेटप्रेमीलाई खुसी बनाएका छन्,’ नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले भनेका छन् ।

जोहरा इन्टरनेशनलका प्रबन्ध निर्देशक आमिर अख्तरले विश्वकप छनोटको प्रसारण अधिकार पाउन ठुलो सङ्घर्ष गर्नुपरेको बताए । ‘स्टार इन्डियासँग लामो कुराकानीपछि अन्ततः अधिकारहरू प्राप्त गर्न पाउँदा हामी उत्साही बनेका छौँ,’ उनले भने ।

एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले विश्वकप छनोटका खेलहरू नेपाली क्रिकेट प्रेमीले सहजै हेर्न पाउने बताए । ‘आजको डिजिटल युगमा पनि दर्शकहरूले आफ्नो टोलीको खेल हेर्न नपाउनु अनुचित हुने थियो । हामी जोहरासँग साझेदारी गर्न पाउँदा र नेट टिभीमार्फत विश्वकप छनोटका खेलहरू प्रसारण गर्न पाउँदा उत्साही भएका छौँ,’ उनले भने ।

नेट टिभीका अध्यक्ष मनोज अग्रवालले पनि विश्वकप छनोटका खेलहरू नेट टिभीमार्फत प्रसारण हुने जानकारी दिए । उनले भने, ‘नेपाल पहिलो पटक विश्वकप छनोट प्रतियोगितामा पुगेको छ । नेपाली क्रिकेट प्रेमी यसबाट उत्साही छन् । सबै खेलको प्रसारण हुनु क्रिकेट प्रेमीका लागि सबैभन्दा ठुलो खुसीको विषय हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ