५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप छनोट क्रिकेट नेट टिभी एपमा निःशुल्क स्ट्रिम हुने

३२ जेष्ठ २०८०, बिहीबार ०७:१८

जेठ ३२, काठमाडौँ | आईसीसी विश्वकप छनोट प्रतियोगिताका खेलहरू नेट टिभी एप र वेबसाइटमा निःशुल्क प्रसारण गरिने भएको छ । एकदिवसीय विश्वकपको छनोट खेल जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बाबेमा आयोजना हुँदैछ ।

प्रतियोगितामा नेपाल पनि सहभागी हुँदैछ । प्रतियोगिताका सबै ३४ खेल नेट टिभी एप र वेबसाइटमा प्रसारण गरिने छ । विश्वकप छनोट प्रतियोगिताका खेलहरू नेपालमा प्रसारण हुने अन्य विदेशी च्यानलहरूमा भने उपलब्ध हुने छैन ।


विश्वकप छनोटका सबै खेलको प्रत्यक्ष प्रसारण नेपाली समय अनुसार, १२ः३५ बजेदेखि सुरु हुनेछन् । जोहरा इन्टरनेशनल प्रालिले नेपालको भूभागभित्र विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि आधिकारिक रूपमा विशेष मिडिया अधिकार प्राप्त गरेको जोहराले जनाएको छ ।

जोहराका अनुसार, स्टार इन्डिया प्रालिमार्फत आधिकारिक सब इजाजतपत्रदाता जोहरा इन्टरनेशनलले नेपालको एड प्याड प्रालिलाई विशेष मार्केटिङ र प्रसारण अधिकार प्रदान गरेको छ । नेपालले विश्वकप छनोट खेल्न लागेको यो पहिलो पटक हो ।

एड प्याडले पनि प्रतियोगिताका खेलहरू नेट टिभी एप र वेबसाइटमा निःशुल्क प्रसारण गर्ने घोषणा गरेको छ । ‘विश्वकप छनोटका खेलहरूको निःशुल्क प्रसारण हुने खबरले खुसी लागेको छ । हामीले आईसीसीलाई पनि पत्र लेखेका थियौं । तर, निजी कम्पनीहरूले आफ्नै पहलमा समयमै प्रसारण अधिकार हासिल गर्दै नेपाली क्रिकेटप्रेमीलाई खुसी बनाएका छन्,’ नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले भनेका छन् ।

जोहरा इन्टरनेशनलका प्रबन्ध निर्देशक आमिर अख्तरले विश्वकप छनोटको प्रसारण अधिकार पाउन ठुलो सङ्घर्ष गर्नुपरेको बताए । ‘स्टार इन्डियासँग लामो कुराकानीपछि अन्ततः अधिकारहरू प्राप्त गर्न पाउँदा हामी उत्साही बनेका छौँ,’ उनले भने ।

एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले विश्वकप छनोटका खेलहरू नेपाली क्रिकेट प्रेमीले सहजै हेर्न पाउने बताए । ‘आजको डिजिटल युगमा पनि दर्शकहरूले आफ्नो टोलीको खेल हेर्न नपाउनु अनुचित हुने थियो । हामी जोहरासँग साझेदारी गर्न पाउँदा र नेट टिभीमार्फत विश्वकप छनोटका खेलहरू प्रसारण गर्न पाउँदा उत्साही भएका छौँ,’ उनले भने ।

नेट टिभीका अध्यक्ष मनोज अग्रवालले पनि विश्वकप छनोटका खेलहरू नेट टिभीमार्फत प्रसारण हुने जानकारी दिए । उनले भने, ‘नेपाल पहिलो पटक विश्वकप छनोट प्रतियोगितामा पुगेको छ । नेपाली क्रिकेट प्रेमी यसबाट उत्साही छन् । सबै खेलको प्रसारण हुनु क्रिकेट प्रेमीका लागि सबैभन्दा ठुलो खुसीको विषय हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता