५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओमानले नेपाललाई दियाे २ सय ६८ रनकाे लक्ष्य, साेमपालले लिए ५ विकेट

३२ जेष्ठ २०८०, बिहीबार १०:४०

जेठ ३२, काठमाडौँ | आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा ओमानले नेपाललाई २ सय ६८ रनकाे लक्ष्य दिएकाे छ ।

जिम्बावेकाे हरारेमा टस जितेर पहिले ब्याटिङ गरेकाे ओमान ४९ ओभर २ बलमा २ सय ६७ रनमा अलआउट भयाे । ओमानका जेशान मक्सूदले १ सय ९ रन बनाए । बलिङतर्फ नेपालकाे साेमपाल कामीले ५ र सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै करण केसी र प्रतिश जिसीले १/१ विकेट लिए ।

यसअघि अस्ति मङ्गलवार भएकाे अभ्यास खेलमा नेपाल यूएईसँग पराजित भएकाे थियाे । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

विश्व कप छनोट प्रतियोगिताको समूह 'ए' मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह 'बी' मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली 'सुपर सिक्स' मा पुग्नेछन् ।

'सुपर सिक्स' मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता