२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रिमियर लिगको पहिलो खेल म्यानचेस्टर सिटी र बर्नलीबीच

२०८०, ३२ जेष्ठ बिहीबार ११:४२

जेठ ३२, काठमाडौँ | डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजिनमा पहिलो खेल नै बर्नलीसँग खेल्ने भएको छ ।

बिहीबार सार्वजनिक पहिलो राउण्डको खेल तालिकाअनुसार बर्नली र सिटीको खेल ११ अगष्ट (२६ साउन)मा हुनेछ । सिटीले यो सिजन लिगसँगै एएफ कप र च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

पेप ग्वार्डिओला नेतृत्वमा सिटीले पछिल्लो ६ सिजनमा ५ उपाधि जितेको छ । र, यो सिजन लगातार चार लिग उपाधिको होडमा हुनेछ ।

दोस्रो डिभिजनको लिग ईएफए च्याम्पियनसिपको विजेता बर्नलीको प्रशिक्षक भिन्सेन्ट कम्पोनी हुन्, जसले ११ वर्ष सिटीबाट खेलेका थिए र चार लिग उपाधि जितेका थिए ।

पोचेचिनो नयाँ प्रशिक्षक पाएको चेल्सीले सिजनको पहिलो खेल लिभरपुलसँग १३ अगष्टमा खेल्नेछ ।

शुक्रबार, ११ अगष्ट : बर्नली भर्सेस म्यानचेष्टर सिटी

शनिबार, १२ अगष्ट : आर्सनल भर्सेस नटिङघम फरेस्ट

बोर्नमाउथ भर्सेस वेष्टहाम

ब्राइटन भर्सेस लिटोन टाउन

एभर्टन भर्सेस फुलहम

सेफिल्ड युनाइटेड भर्सेस क्रिष्टल प्यालेस

न्यूक्यासल भर्सेस एस्टनभिल्ला

आइतबार, १३ अगष्ट : ब्रेन्टफोर्ड भर्सेस टोटनह्याम

चेल्सी भर्सेस लिभरपुल

सोमबार, १४ अगष्ट : म्यानचेष्टर युनाइटेड भर्सेस वोल्भ्स

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ