५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अभ्यास खेलमा नेपालको पहिलो जित, विश्वकप छनौटको पहिलो खेल जिम्वावेसंग खेल्दै

१ असार २०८०, शुक्रबार ०१:४९

असार १, काठमाडौँ । सोमपाल कामीको उत्कृष्ट बलिङ र कुशल भुर्तेलको शतकमा नेपालले अभ्यास खेलमा हारको शृंखलालाई टुंग्याएको छ । आइतबारदेखि सुरु हुने विश्वकप क्रिकेट छनोटअघिको अन्तिम अभ्यास खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो ।

यस अघि दक्षिण अफ्रिकामा खेलिएका दुई अभ्यास खेलमा नेपालले क्रमशः स्कटल्यान्डसँग ७ र नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको थियो । 

ओमानसँगको अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई हरारे स्पोर्ट्स क्लबमा ४९.२ ओभरमा २ सय ६८ रनमा अलआउट गर्न सफल भयो । ओमानबिरुद्धको अभ्यास खेलमा नेपालका लागि कुशल र आसिफ शेखले ७ ओभरको खेलमा ५० रन जोडेका थिए । आसिफले २४ बल खेल्दै ४ चौका प्रहार गर्दै २३ रन बनाए  । त्यस्तै ४१ बलमा अर्धशतक पूरा गरेका कुशलले कुल ९१ बल खेलेर शतक बनाएका थिए । त्यस्तै खेलमा भीम सार्कीले ७४ बल खेलेर ९ चौकासहित ५६ रन बनाएका थिए ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले २२ बलमा ३ चौकासहित २६ रन बनाए । कप्तान रोहित पौडेलले २८ बलमा २ चौकासहित ३१ रन बनाए । त्यस्तै कुशल मल्लले १७, आरिफ शेखले २ रन बनाउँदा प्रतिश जिसी भने शून्यमै आउट भए । स्कोर बराबरी भएको समयमा रोहित, आरिफ र प्रतिश आउट भएपछि सन्दीप लामिछानेले आफूले सामना गरेको पहिलो बलमै छक्का प्रहार गरिदिए । जुन प्रहारनै नेपालको बिजयी रन बन्यो । खेलमा ओमानबाट अकिल इल्याजले ४२ रनमा ४ विकेट लिए ।

खेलमा सुरुवाती ब्याटिङ गरेको ओमानका लागि नेपाल सुर्मै भारी परेको थियो । सोमपालले सुरुआतमै ३ विकेट लिएर ओमानलाई अफ्ट्यारो बनाएका थिए । खेलको सुरुवाती सातौं ओभरमा ७ रन बनाउँदा ओमानले ४ विकेट गुमाइसकेको थियो । सोमपालले कश्यप प्रजापतिलाई १, इल्याजलाई शून्य, मोहम्मद नदिमलाई १ रनमा आउट गरेका थिए । त्यस्तै करणले अर्का ओपनर जतिन्दर सिंहलाई आउट गरेपछि ओमान निकै दवावमा परेको थियो । त्यसपछि ओमानका कप्तान कप्तान जिसन मक्सुदले १ सय ९ रनको इनिङ्स खेल्नेक्रममा १ सय ६ बलको सामना गर्दै १५ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै सोएब खानले ६९ बलमा ४ चौका र १ छक्कासहित ३८, सन्दीप गौडले १५, आयान खानले ४६ बलमा ३ चौका र १ छक्कासहित ५६ र नसिम खुशीले १७ रन बनाए । 

खेलमा नेपालका लागि सोमपाल कामीले कुल ५ विकेट लिए । सन्दीपले ३ विकेट लिए भने करण र प्रतिश जिसीले १–१ विकेट लिए ।

नेपालले आइतबार आयोजक जिम्बावेसँग विश्वकप छनोटमा आफ्नो पहिलो खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता