२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यस्तो छ मैदानमा ओर्लने नेपाल र जिम्बाबेको टोली

२०८०, ३ असार आईतवार ०७:११

असार ३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज नेपालले आयोजक जिम्बाबेको सामना गर्दैछ । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदै छ । आइतबारको खेलमा जिम्बाबेले टस जितेको छ ।

 

जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको छ । नेपाली समय अनुसार, १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । नेपालले पहिले ब्याटिङ गर्नेछ । विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुई वटा अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख (विकेटकिपर) र गुल्सन झा रहेका छन् । 

यसैगरी जिम्बाबेको टोलीमा क्रेग एर्भिन (कप्तान), जोयलर्ड गुम्बी, वेलिङ्टन मासाकाद्जा, टेन्डाई चाटारा, सिन विलियम्स, सिकन्दर राजा, रायन बुरी, वेस्ली माधेभेरे, क्लाइभ मादान्दे (विकेटकिपर), ब्लेसिङ मुजराबानी र रिचर्ड एन्गाराभा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने