यस्तो छ मैदानमा ओर्लने नेपाल र जिम्बाबेको टोली

Posted on: 18 Jun, 2023

असार ३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज नेपालले आयोजक जिम्बाबेको सामना गर्दैछ । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदै छ । आइतबारको खेलमा जिम्बाबेले टस जितेको छ ।

 

जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको छ । नेपाली समय अनुसार, १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । नेपालले पहिले ब्याटिङ गर्नेछ । विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुई वटा अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख (विकेटकिपर) र गुल्सन झा रहेका छन् । 

यसैगरी जिम्बाबेको टोलीमा क्रेग एर्भिन (कप्तान), जोयलर्ड गुम्बी, वेलिङ्टन मासाकाद्जा, टेन्डाई चाटारा, सिन विलियम्स, सिकन्दर राजा, रायन बुरी, वेस्ली माधेभेरे, क्लाइभ मादान्दे (विकेटकिपर), ब्लेसिङ मुजराबानी र रिचर्ड एन्गाराभा रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!