असार ३, काठमाडौँ | नेपालले ओडीआई क्रिकेटमा पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ ।
जिम्बाव्वे विरुद्ध विश्वकप छनोटको पहिलो खेलमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले १४६ रनको साझेदारी गर्दै ओपनिङमा नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारी गरेका हुन् ।
उनीहरुले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यही जोडीले यसअघि २०२२ जुनमा लिग टु मा ओमान विरुद्ध अमेरिकामा ११४ रनको साझेदारी गरेका थिए ।
उनीहरुको कीर्तिमानी साझेदारीसँगै २७.४ ओभरको खेल सकिँदा नेपालले विना क्षती ११४६ रन बनाएको छ ।