असार ३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले दोस्रो विकेट पनि गुमाएको छ । नेपालले ३३.५ ओभरमा एक सय ७४ रन बनाउँदै दोस्रो विकेट गुमाएको हो ।
ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ९९ रनमा आउट भएलगत्तै अर्का ओपनर आसिफ शेख पनि ६६ रनमा पेभेलियन फर्किएका थिए । आसिफले एक सय बलको सामना गरी सात चौका हिर्काएका थिए । कुशलले भने ९५ बलको सामना गरी दुई छक्का र १३ चौका प्रहार गरेका थिए ।
हाल कुशल मल्ल १२ र रोहित पौडेल शून्य रनमा क्रिजमा छन् । पछिल्लो समय नेपालले ३५ ओभरमा दुई विकेट गुमाएर एक सय ८४ रन बनाएको छ ।