असार ३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बाबेलाई नेपालले दुई सय ९१ रनको लक्ष्य दिएको छ |
ट्रस हरेर पहिलो ब्याटिङ गरेको नेपालले ५० ओवरमा ८ विकेटको क्षेतिमा २९० रन बनाएको हो |
नेपालका लागि ओपनरद्वार कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको उत्कृष्ट पारी खेलेका थिए । कुशल शतक पूरा गर्नबाट १ रन बाकी रहदाँ आउट भएका थिए |
जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका कुशलले १३ चौका र २ छक्का प्रहार गरे ।
यस्तै आसिफ शेख ६६ रनमा आउट भए । उनले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाएका थिए ।
कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।
जिम्बाव्वेका लागि बलर रिचर्ड नागरभाले ४ विकेट लिए ।