२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दीपेन्द्रले लिए अमेरिकाको आठौं विकेट

२०८०, ५ असार मंगलवार १०:३९

असार ५,काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको अमेरिकाविरुद्घको आफ्नो दोस्रो खेलमा नेपालले आठौं वकेट लिएको छ । अमेरिकाले एक सय ७० रनको कूल स्कोरमा आठौं विकेट गुमाएको हो । 

अमेरिकाको आठौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । उनले अमेरिकाका जेसी सिंहलाई १२ रनमा आउट गरे ।

त्यसअघि गुल्सन झाले अमेरिकाको सातौं विकेट लिएका थिए । गुल्सनले अमेरिकाका निसर्ग पटेललाई आठ रनमा आसिफ शेखद्वारा क्याच गराएका थिए । त्यसअघि ललितनारायण राजवंशीले अमेरिकाको छैटौं लिएका थिए । ललितले अमेरिकाका ओपनर ब्याट्सम्यान सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड गरेका थिए । मोदानीले ७१ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए । 

त्यसअघि दीपेन्द्रसिंह ऐरीले अमेरिकाको पाँचौं विकेट लिएका थिए । दीपेन्द्रले अमेरिकी ब्याट्सम्यान गजानन्द सिंहलाई २६ रनमा आउट गरेका थिए । उनले गजानन्दलाई आरिफ शेखमार्फत क्याच गराएका हुन् । गजानन्दले ४१ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । अमेरिकाविरुद्घको जारी खेलमा आरिफले लिएको यो तेस्रो क्याच हो । 

त्यसअघि करण केसीले चार विकेट लिएका थिए । करणले चौथो विकेटका रुपमा अमेरिकाका नस्थुस केन्जिगलाई आउट गराएका थिए । नस्थुस केन्जिग एक रनमै पेभेलियन फर्किएका थिए । उनलाई करणले आरिफ शेखमार्फत क्याच गराएका थिए । 

करणले यसअघि अमेरिकाका कप्तान एरोन जोन्सलाई पनि दुई रनमा पेभेलियन फर्काएका थिए । करणले कुशल भुर्तेलमार्फत जोन्सलाई क्याच गराएका थिए । जोन्स तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । खेलको सुरुदेखि नै अमेरिकी ब्याट्सम्यानहरु नेपाली बलरको दबाबमा परेका थिए । 

त्यसअघिको दुबै विकेट पनि करणले नै लिएका हुन् । उनले पहिले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई चार रनमा एलबीडब्लू आउट गराए । त्यसलगत्तै उनले सैतेजा मुकामल्लालाई शून्य रनमै पेभेलियन फर्काए । करणले तेस्रो नम्बरमा क्रिज समाल्न आएका सैतेजलाई आरिफ शेखद्वारा क्याच गराएका थिए । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा विकेट लिएका थिए ।

नेपालले टस जितेर अमेरिकालाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । एकदिवसीय विश्वकपको छनोट खेल जिम्बाबेमा भइरहेको छ । अमेरिकाविरुद्घको खेलमा नेपालका तिब्रगतिका बलर सोमपाल कामी भने सहभागी थिएनन् । औंलामा लागेको चोटका कारण उनी टोलीबाट बाहिरिएका हुन् । उनको स्थानमा स्पिनर ललितनारायण राजवंशीले खेल्ने अवसर पाएका थिए । 

नेपाल र अमेरिका दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाबेले आठ विकेटले हराएको थियो । अमेरिकालाई भने पहिलो खेलमा वेस्ट इन्डिजले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ