नेपाललाई पहिलो झड्का, आसिफ आउट

Posted on: 20 Jun, 2023

असार ५, काठमाडौँ | जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालका लागि पाँचौं ओभरको अन्तिम बलमा आसिफ सौरभ नेट्राभल्करको शिकार बने । आसिफ १६ बल खेल्दै २ चौकाको मद्दतमा १२ रन बनाएर पभेलियन फर्किए ।

यो समाचार लेखिसक्दा नेपालले ५.५ ओभरमा १ विकेट गुमाएर २६ रन जोेडेको छ । क्रिजमा कुशल भुर्तेल १२ र भिम सार्की शून्य रन बनाएर खेलिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!