असार ८, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग हिजो बिहीबार पाँच विकेटले पराजित भएको अमेरिका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ४० बल बाँकी रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग हिजो बिहीबार पाँच विकेटले पराजित भएको अमेरिका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ४० बल बाँकी रह"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप छनोटबाट अमेरिका बाहिरिएपछी नेदरल्याण्ड्सलाई जित्नैपर्ने दबाबमा नेपाल

८ असार २०८०, शुक्रबार ०६:१०

असार ८, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग हिजो बिहीबार पाँच विकेटले पराजित भएको अमेरिका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ४० बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा नेदरल्याण्ड्सले लक्ष्य भेटायो । अब सोमबार अंक तालिकाको दोस्रो स्थानमा रहेको जिम्बाव्वेसँग अमेरिकाले खेल्नेछ । तर त्यो खेल जितेपनि अमेरिका सुपर सिक्समा पुग्ने छैन ।

किनकि दुई खेल लगातार जितेर वेष्ट इण्डिज ४ अंकसहित पहिलो र उति नै खेलमा समान ४ अंकसहित जिम्बाव्वे दोस्रो स्थानमा छ । दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुई अंक सहित तेस्रो र तीन खेल खेलेर नेपाल दुई अंक सहित चौथो स्थानमा छ ।


शनिबार नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । जित्ने टीमलाई सुपर सिक्समा पुग्न सहज हुनेछ । तर मंगलबार नेपालसँग ६ विकेट र वेस्ट इण्डिजसँग ३७ रनले पराजित भएको अमेरिकाले जिम्बाव्वेविरुद्ध जित निकाले पनि सुपर सिक्समा पुग्ने छैन ।

त्यसो हुँदा वेष्ट इण्डिज, जिम्बाव्वे, नेदरल्याण्ड्स र नेपालबीच सुपर सिक्समा पुग्ने प्रतिस्पर्धा हुनेछ । यी टीमहरु मध्ये दबावमा नेपाल छ । नेपालले शनिबार नेदरल्याण्ड्सविरुद्ध जित निकालेर मात्रै सुपरसिक्समा स्थान पक्का हुने छैन ।

आइतबार जिम्बाव्वेसँग आठ विकेट र बिहीबार वेष्ट इण्डिजसँग १०१ रनले पराजित नेपाल एक खेल बाँकी रहँदा चौथो स्थानमा छ । यदि शनिबार नेदरल्याण्ड्सलाई हराएमा नेपाल तेस्रो स्थानमा उक्लन सक्छ । तर सोमबार नेदरल्याण्ड्सले वेष्ट इजिण्डलाई हरायो भने त्यस्तो अवस्थामा नेपालसँग समान अंक हुनेछ । र, रनरेटको आधारमा निर्णय हुनेछ ।

दुई/दुई खेल खेलको वेष्ट इण्डिज र जिम्बाव्वे भने अपराजित रहँदै सुपर सिक्समा पुग्ने सहज अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता