असार ८, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग हिजो बिहीबार पाँच विकेटले पराजित भएको अमेरिका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ४० बल बाँकी रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग हिजो बिहीबार पाँच विकेटले पराजित भएको अमेरिका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ४० बल बाँकी रह"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप छनोटबाट अमेरिका बाहिरिएपछी नेदरल्याण्ड्सलाई जित्नैपर्ने दबाबमा नेपाल

२०८०, ८ असार शुक्रबार ०६:१०

असार ८, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग हिजो बिहीबार पाँच विकेटले पराजित भएको अमेरिका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ४० बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा नेदरल्याण्ड्सले लक्ष्य भेटायो । अब सोमबार अंक तालिकाको दोस्रो स्थानमा रहेको जिम्बाव्वेसँग अमेरिकाले खेल्नेछ । तर त्यो खेल जितेपनि अमेरिका सुपर सिक्समा पुग्ने छैन ।

किनकि दुई खेल लगातार जितेर वेष्ट इण्डिज ४ अंकसहित पहिलो र उति नै खेलमा समान ४ अंकसहित जिम्बाव्वे दोस्रो स्थानमा छ । दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुई अंक सहित तेस्रो र तीन खेल खेलेर नेपाल दुई अंक सहित चौथो स्थानमा छ ।


शनिबार नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । जित्ने टीमलाई सुपर सिक्समा पुग्न सहज हुनेछ । तर मंगलबार नेपालसँग ६ विकेट र वेस्ट इण्डिजसँग ३७ रनले पराजित भएको अमेरिकाले जिम्बाव्वेविरुद्ध जित निकाले पनि सुपर सिक्समा पुग्ने छैन ।

त्यसो हुँदा वेष्ट इण्डिज, जिम्बाव्वे, नेदरल्याण्ड्स र नेपालबीच सुपर सिक्समा पुग्ने प्रतिस्पर्धा हुनेछ । यी टीमहरु मध्ये दबावमा नेपाल छ । नेपालले शनिबार नेदरल्याण्ड्सविरुद्ध जित निकालेर मात्रै सुपरसिक्समा स्थान पक्का हुने छैन ।

आइतबार जिम्बाव्वेसँग आठ विकेट र बिहीबार वेष्ट इण्डिजसँग १०१ रनले पराजित नेपाल एक खेल बाँकी रहँदा चौथो स्थानमा छ । यदि शनिबार नेदरल्याण्ड्सलाई हराएमा नेपाल तेस्रो स्थानमा उक्लन सक्छ । तर सोमबार नेदरल्याण्ड्सले वेष्ट इजिण्डलाई हरायो भने त्यस्तो अवस्थामा नेपालसँग समान अंक हुनेछ । र, रनरेटको आधारमा निर्णय हुनेछ ।

दुई/दुई खेल खेलको वेष्ट इण्डिज र जिम्बाव्वे भने अपराजित रहँदै सुपर सिक्समा पुग्ने सहज अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने