असार ८, काठमाडौँ | एसिसी इमर्जिङ एसिया कप २०२३ एकदिवसीय प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आगामी जुलाई १४ देखि २३ सम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपाल भारत, पाकिस्तान र श्रीलंका रहेको समूह ‘ए’ मा परेको हो ।
इमर्जिङ एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकाले आफ्नो ‘ए’ टोलीलाई खेलाउनेछन् ।
यस्तै, समूह ‘बी’ मा बंगलादेश, अफगानिस्तान ‘ए’, ओमान र यूएई रहेका छन् । इमर्जिङ एसिया कपमा नेपालले पहिलो खेल १४ जुलाईमा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
अन्तिमपटक सन् २०१९ मा इमर्जिङ टिम्स एसिया कपको आयोजना भएको थियो ।
उक्त संस्करणमा नेपालले हङकङलाई ४० रनले हराउँदा भारत र बंगलादेशसँग क्रमशः ७ र ८ विकेटले पराजित भएको थियो ।