नेपालको गुमायो सातौँ विकेट, दीपेन्द्र सिंह १४ रनमा आउट

Posted on: 24 Jun, 2023

काठमाडौँ | आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । दीपेन्द्र सिंह ऐरी १४ रन बनाएर क्याचआउट भएका हुन् । नेपालले ३५.४ ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रन बनाएको छ । हाल सम्म नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाएका हुन् भने कुशल भुर्तेलले २७ तथा भीम सार्कीले २२ रन बनाएका हुन् । 

 टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!