५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गुन्डोगान बार्सिलोनामा अनुबन्धित

११ असार २०८०, सोमबार ०९:३१

असार ११, काठमाडौँ | स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान इल्काई गुन्डोगानलाई अनुबन्ध गरेको छ ।

बार्सिलोनाले मिडफिल्डर गुन्डोगानलाई फ्री ट्रान्सफरमा दुई वर्षको सम्झौतासहित क्लब भित्र्याएको हो । गुन्डोगान र सिटीबीचको सम्झौता जुनका अन्त्यसँगै समाप्त हुँदै छ । सिटीले गुन्डोगानका लागि सम्झौता नवीकरणको प्रस्ताव गरे पनि उनले बार्सिलोना रोजेका हुन् ।


“म्यानचेस्टर सिटी मेरो घर हो । र, मैले सिटीको विशेष परिवारको सदस्य भएको महसुस गरेको छु,” सिटी छोडेपछि गुन्डोगानले भने ।

३२ वर्षीय गुन्डोगानले सन् २०२२–२३ को सिजन सिटीका लागि कुल ५१ खेल खेल्दा ११ गोल गरे । सिटीले ट्रेबल जित्दा उनी टिमको महत्वपूर्ण सदस्य थिए ।

सन् २०१६ मा बोरुसिया डर्टमन्डबाट सिटी आएका उनले पेप ग्वार्डिओलाको टिमबाट ३०४ खेल खेल्दा ६० गोल गरेका छन् । यसक्रममा सिटीले १२ उपाधि जित्दा गुन्डोगान टिमको महत्वपूर्ण सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता