५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्जन विष्टले पाकिस्तान विरुद्ध खेल गुमाउने

११ असार २०८०, सोमबार ११:४४

असार ११, काठमाडौँ | नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् ।

साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ ।  नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ ।

भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए ।


पहिलो खेलमा कुवेत विरुद्ध ३-१ को हारमा गोल गरेका अन्जन दोस्रो खेलमा पूरा समय खेल्न नपाउँदा नेपालको टिम सन्तुलन समेत बिग्रिएको थियो ।

अन्जनको घुँडामा चोट लागेको थियो । आइतबार उनको घुँडाको एक्सरे गरिएको थियो ।

अन्जन सोमबार नेपाली टिमको प्रशिक्षणमा पनि उपस्थित थिएनन् । प्रशिक्षणपछि नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अन्जन घाइते भएकोले अन्तिम खेल नखेल्ने र उनको स्थानमा अर्को खेलाडीले खेल्ने पुष्टी गरे । अन्जन चोट ठूलो नरहेको र उनी आराममा रहेको टिमले जनाएको छ ।

एक्सरेमा केही नदेखिएपछि उनको एमआरआई गरिएको थियो । एमआरआईको रिपोर्ट आज आउनेछ ।

कुवेत विरुद्ध गोल गर्दै नेपालक लागि १२औं गोल गरेका अन्जन सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न नजिक पुगेका थिए । उनले यही साफमा हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गर्ने अपेक्षा थियो ।

तर भारत विरुद्ध उनले पूरा खेल्न सकेनन् भने पाकिस्तान विरुद्ध खेल्ने छैनन् । नेपाल समूह चरणबाटै बाहिसकेको अवस्थामा अन्जनले कीर्तिमान बराबरी गर्न अझै केही खेल कुर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता