५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सोमपालको स्थानमा किशोर महतोलाई खेलाउन आईसीसीको अनुमति

११ असार २०८०, सोमबार १२:१५

असार ११, काठमाडौँ | आईसीसी एकसदिवसीय विश्वकप छनोटको पहिलो खेलमै चोटग्रस्त बनेका नेपाली बलर सोमपाल कामीको स्थानमा किशोर महतोलाई राख्न नेपालले गरेको प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सोमबार स्वीकृत गरेको छ । यतिबेलासम्म नेपाल टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ ।


३ असारमा जिम्बाव्वेसँगको पहिलो खेलको ३४औं ओभरमा बलिङ गर्ने क्रममा जिम्बाव्वेका ब्याटर सिन विलियम्सको प्रहार सोमपालको दायाँ हातमा लागेको थियो । त्यसपछि उनले ५ असारमा अमेरिकासँगको जित, ७ असारमा वेष्ट इण्डिजसँगको हार तथा ९ असारमा नेदरल्याण्ड्ससँगको हारका क्रममा टिमबाट खेल्न सकेनन् ।

उनको अनुपस्थितिमा टिममा ल्याइएका ललित राजवंशीले तीनै खेल खेलेका थिए । समूह एबाट शीर्ष तीनभित्र पर्न असफल भएपछि नेपाल विश्वकप छनोटको अर्को चरण खेल्न नपाउने भयो ।

अब नेपालले सातौं र नवौं स्थानको प्लेअफ खेल खेल्नेछ । सो खेलका लागि किशोर महतोलाई टिममा राख्न पाइनेछ ।

ईसीसीको प्रतियोगिता प्राविधिक समितिले सोमबार गरेको निर्णयअनुसार जिम्बाव्वेका क्लिभ मडान्डेको स्थानमा याशा मायाभोलाई टिममा राख्न अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता