२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सोमपालको स्थानमा किशोर महतोलाई खेलाउन आईसीसीको अनुमति

२०८०, ११ असार सोमबार १२:१५

असार ११, काठमाडौँ | आईसीसी एकसदिवसीय विश्वकप छनोटको पहिलो खेलमै चोटग्रस्त बनेका नेपाली बलर सोमपाल कामीको स्थानमा किशोर महतोलाई राख्न नेपालले गरेको प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सोमबार स्वीकृत गरेको छ । यतिबेलासम्म नेपाल टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ ।


३ असारमा जिम्बाव्वेसँगको पहिलो खेलको ३४औं ओभरमा बलिङ गर्ने क्रममा जिम्बाव्वेका ब्याटर सिन विलियम्सको प्रहार सोमपालको दायाँ हातमा लागेको थियो । त्यसपछि उनले ५ असारमा अमेरिकासँगको जित, ७ असारमा वेष्ट इण्डिजसँगको हार तथा ९ असारमा नेदरल्याण्ड्ससँगको हारका क्रममा टिमबाट खेल्न सकेनन् ।

उनको अनुपस्थितिमा टिममा ल्याइएका ललित राजवंशीले तीनै खेल खेलेका थिए । समूह एबाट शीर्ष तीनभित्र पर्न असफल भएपछि नेपाल विश्वकप छनोटको अर्को चरण खेल्न नपाउने भयो ।

अब नेपालले सातौं र नवौं स्थानको प्लेअफ खेल खेल्नेछ । सो खेलका लागि किशोर महतोलाई टिममा राख्न पाइनेछ ।

ईसीसीको प्रतियोगिता प्राविधिक समितिले सोमबार गरेको निर्णयअनुसार जिम्बाव्वेका क्लिभ मडान्डेको स्थानमा याशा मायाभोलाई टिममा राख्न अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार