२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू- १६ इस्ट जोन कप क्रिकेट : मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समूह विजेता

२०८०, १५ असार शुक्रबार ०६:५०

असार १५, काठमाडौँ | एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएको घरेलु टोली मलेसिया भने उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । नेपालले समूहगत चरणको दुबै खेलमा जित हासिल गर्‍यो । समूहगत चरणको दुबै खेलमा पराजित भएको थाइल्यान्ड भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।


शुक्रबारको खेलमा टस जिती पहिलो ब्याटिङ रोजेको नेपालले ३३।४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने ३०।५ ओभरमै अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो । प्रतियोगिता मलेसियामा आयोजना भइरहेको छ । नेपालको जितमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो ब्याटिङ राजेको नेपालका माथिल्लो क्रममा ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न नसक्दा विपक्षीसामु ठूलो लक्ष्य प्रस्तुत गर्न सकेन ।

नेपालका लागि नवौं नम्बरका ब्याट्सम्यान अशोक धामीले अर्धसतकीय पाली खेले । टोलीको अवस्था दयनीय रहेको बेला उनले ५२ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका अशोकले केवल ३६ बलको सामना गरी पाँच छक्का र तीन चौका हिर्काएका थिए । ओपनर ब्याट्सम्यान सूर्यान्सु कोइराला २९ रनमा पेभेलियन फर्किए । उनले २६ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । टोलीको कूल स्कोर ५० रन पुग्नुअगावै नेपालले आफ्नो तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।

अर्का ओपनर निरजकुमार यादब आठ रनमा आउट भए भने तेस्रो नम्बरमा क्रिज समाल्न आएका दीपु कुमार पनि १५ रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान आशिष लुहारले खातासम्म खोल्न सकेनन् । प्रतिक भट्टराई चार रनमै आउट भए भने नरेन भट्टले २९ रन बनाए । सन्तोष यादब शून्य रनमै आउट भए भने कप्तान अभिषेख तिवारी चार रनभन्दा अगाडि बढ्न सकेनन् । कीर्तिक कामतले टोलीको खातामा १६ रन थपेका थिए । 

प्रतिक पोखरेलले अविजित दुई रन बनाए । आठौं विकेटका लागि आशोक धामी र नरेनबीच ३४ बलमा ४५ रनको साझेदारी भएको थियो । नेपालका लागि यो नै सर्वाधिक रनको साझेदारी थियो । त्यसपछि नवौं विकेटका लागि अकोश र कीर्तिक कामतबीच ३९ रनको साझेदारी भएको थियो ।  भ्रमणकारी टोली नेपालले अतिरिक्त रुपमा २४ रन पाएको थियो । मलेसियाका बलर हाजिक हैक्वल, मुहम्मद अक्रम, अरिन अकिल र मुहम्मद मुकरीले दुई—दुई विकेट लिए । मोहम्मद फातुल फात्रीले पनि एक विकेट हात पारे । 

जवाफी ब्याटिङमा ओर्लिएको मलेसियालाई लक्ष्यसम्म पुग्न नदिन नेपाली बलर अशोक धामी एक्लैले चार विकेट लिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए । अर्का बलर अभिषेख तिवारीले तीन विकेट हात पारे । सन्तोष यादबले दुई विकेट लिए । कीर्तिक कामतले पनि एक विकेट लिए ।  मलेसियाका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद हाइरिलले सर्वाधिक २५ रन बनाए । कप्तान मुहम्मद आसिफले १५ रन जोडे । मुहम्मद अक्रमले पनि १२ रन बनाए । मलेसियाले अतिरिक्त रुपमा २० रन पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो