आइसिसी विश्वकप छनोट : प्लेअफमा नेपाल आज यूएईसँग भिड्दै

Posted on: 02 Jul, 2023

असार १७, काठमाडौँ | आइसीसी विश्वकप छनोटको प्लेअफ खेलमा आज नेपाल र युएईबीच खेल हुदै छ । खेल दिउँसो १२: ४५ बजेबाट जिम्बावेको हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने। विश्वकप छनोटमा नेपाल समूह ए को चौथो स्थानमा रहेको थियो भने यूएईले समूह बी मा खाता पनि खोल्न सकेको थिएन ।

सुपर सिक्समा पुग्न नसकेका नेपाल र यूएईबीच सातौँ स्थानको लागि खेल हुन लागेको हो । यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!