५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्धको खेलमा नेपाली टोलीमा तीन खेलाडी परिवर्तन, पूर्वकप्तान ज्ञानेन्द्र पनि प्लेइङ सेटमा

१७ असार २०८०, आईतवार ०७:३२

असार १७, काठमाडौँ | यूएईविरुद्ध भइरहेको खेलमा नेपाली टोलीमा ज्ञानेन्द्रसहित तीन खेलाडी परिवर्तन भएका छन् । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले झण्डै ४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने अवसर पाएका छन् ।

विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि हुन लागेको प्ले अफ सेमिफाइनलमा ज्ञानेन्द्र नेपालको प्लेइङ सेटमा रहेका छन् । 

प्रतिस जिसी र अर्जुन साउदले पनि प्लेइङ ११ मा ठाउँ बनाएका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् । कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । अहिलेको खेलको विजेताले सातौं स्थानका लागि आयरल्याण्डसँग र पराजित टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्ने छ । समूहगत चरणमा चारमध्ये तीन खेलमा पराजय व्यहोरेर नेपाल सुपर सिक्स पुग्न असफल भएको थियो ।

ज्ञानेन्द्रले नेपालका लागि अन्तिम पटक गत मार्च ९ तारिखमा खेलेका थिए । विश्वकप लिग- २ अन्तर्गतको त्यस खेलमा नेपालले कीर्तिपुर मैदानमा पपुआ न्युगिनी (पीएनजी)सँग खेलेर ५२ रनको जीत हात पारेको थियो ।

ज्ञानेन्द्रले ११ रन बनाएका थिए । यसबीचमा नेपालले विश्वकप लिग- २ का बाँकी ३ खेल, एसीसी प्रिमियर कपका ६ खेल, विश्वकप छनोटका दुई वटा वार्म अप खेल र विश्वकप छनोटमा चार खेल खेलिसकेको छ । यसबाहेक नेपालले दक्षिण अफ्रिकामा दुईवटा अभ्यास खेल पनि खेलेको थियो ।

ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि ३५ खेल खेल्दै ७ अर्धशतकसहित ८५६ रन जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता