२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकाविरुद्ध एक सय ६५ रनमै समेटियो जिम्बाबे

२०८०, १७ असार आईतवार १०:२४

असार १७, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आइतबार खेलिएको श्रीलंकाविरुद्धको खेलमा घरेलु टोली जिम्बाबे एक सय ६५ रनमै समेटिएको छ । श्रीलंका र जिम्बाबेले सुपर सिक्स चरणको खेल खेलिरहेका हुन् । 

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको जिम्बाबेले ३२.२ ओभरमा अलआउट हुनुअघि एक सय ६५ रनमात्र बनाउन सक्यो । जिम्बाबेका लागि सिन विलियम्सले सर्वाधिक ५६ रन बनाए । सिकन्दर राजाले ३१ रनको योगदान गरे । 

केवल ३० रनको कूल स्कोरमा तीन विकेट गुमाएको जिम्बाबेका माथिल्ला तीन ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । जिम्बाबेले अतिरिक्त रुपमा १९ रन पाएको थियो । श्रीलंकाका बलर महिश थिक्सनाले चार विकेट लिए ।

यसैगरी दिल्सान मदुसन्काले तीन विकेट लिए । माथिसा पाथिरानाले पनि दुई विकेट हात पारे । अर्को एक विकेट दासुन सानकाले लिएका हुन् । जिम्बाबे र श्रीलंका दुवै आगामी एकदिवसीय विश्वकपमा छनोट हुने प्रबल सम्भावना छ । यी दुवै टोलीको ६—६ अंक रहेको छ । 

जिम्बाबे र श्रीलंकालाई चार अंकसहित स्कटल्यान्ड र दुई अंकसहित नेदरल्यान्ड्सले चुनौति दिइरहेका छन् । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले भने आगामी एकदिवसीय विश्वकप खेल्न नपाउने पक्का भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत