असार १७, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध १८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २ रनमै पहिलो विकेट गुमाएको छ ।
विकेटकिपर अर्जुन साउद खाता नखोली आउट भए । नियमित विकेटकिपर आसिफ शेखको स्थानमा आजको खेलमा अर्जुनलाई मौका दिइएको थियो ।
नेपालले ५ ओभरमा एक विकेट गुमाएर ११ रन जोडेको छ । अहिले क्रिजमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् ।