५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको पहिलो विकेट गुम्यो, ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किए

१९ असार २०८०, मंगलवार ०७:५२

असार १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्दको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रूपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका हुन् । उनी आठ रन बनाउँदै आउट भए । उनको विकेट क्रेग योङले लिए । नेपाल ८.१ ओभरमा २७ रन बनाएर खेल्दैछ । 

नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो । नेपालले आयरल्यान्डसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । यसैगरी नेपाली टोलीले आईसीसीबाट टेस्ट मान्यताप्राप्त राष्ट्रसँग तेस्रो पटक प्रतिस्पर्धा गरेको हो । 

यसअघि यही प्रतियोगिता यही विश्वकप छनोट प्रतियोगितामा नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बाबे र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको थियो । जिम्बाबेविरुद्घको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजसँग भने नेपाली टोली एक सय एक रनले पराजित भएको थियो ।

विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा आयोजना हुँदैछ । नेपाल र आयरल्यान्डबीचको खेलमा विजयी हुने टोलीले प्रतियोगितामा सातौँ वरीयता प्राप्त गर्नेछ । यसैगरी उक्त खेलमा पराजित हुने टोलीले भने आठौँ वरीयता पाउने छ ।

नवौँ र १०औँ वरीयताका लागि आगामी बिहीबार अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) बीच खेल हुनेछ । उक्त खेलमा विजयी हुने टोलीले नवौँ वरीयता प्राप्त गर्नेछ । यसैगरी उक्त खेलमा पराजित हुने टोलीले १०औँ वरीयता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता