२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले हरायो

१७ श्रावण २०८०, बुधबार ०५:११

साउन १७, काठमाडौं | घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली भारत दुई सय रनको फराकिलो अन्तरले विजयी भएको छ । जितसँगै भारतले तीन खेलको शृङ्खलालाई पनि २—१ ले आफ्नो पक्षमा पारेको छ । 

शृङ्खलाको पहिलो खेलमा भारत र दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएका थिए । अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोलीले भने ३५.३ ओभरमै अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो । दोस्रो खेलमा निराशाजनक प्रदर्शन गरेका भारतीय ब्याट्सम्यान अन्तिम खेलमा भने लयमा फर्किएका थिए । 


भारतीय ब्याट्सम्यानद्वय ईशान किसन र शुभमन गिलले ओपनिङ विकेटका लागि एक सय ४३ रनको साझेदारी गरेका थिए । गिलले ९२ बलमा ११ चौकाको मद्दतले ८५ रन बनाए । अर्का ओपनर किसन ६४ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ७७ रन बनाउँदै पेभेलियन फर्किए । 

भारतका लागि अन्य दुई ब्याट्सम्यानले पनि अर्धसतक पूरा गरे । कप्तान हार्दिक पाण्डेले अविजित ७० रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका पाण्डेले पाँच छक्का र चार चौका पनि प्रहार गरेका थिए । सञ्जु सामसनले पनि ५१ रन जोडे । उनले ४१ बलमा चार छक्का र दुई चौका हिर्काए ।

सूर्यकुमार यादवले ३५ रन जोडे । क्यारेबियन टोलीका बलर रोमारियो सेफर्डले दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । 

वेस्ट इन्डिजका लागि गुडाकेस मोटाईले सर्वाधिक अविजित ३९ रन बनाए । भारतीय बलर सार्दुल ठाकुरले चार विकेट लिए । मुकेश कुमारले तीन विकेट हात पारे । कुलदिप यादवले दुई विकेट लिएका थिए । भारतका शुभमन गिल म्यान अफ दी म्याच घोषित भए । भारतकै ईशान किसन म्यान अफ दी सिरिज बने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’