२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यानडामा सन्दीपको गजबको प्रदर्शन, क्यानले दियो बधाई

२०८०, १८ श्रावण बिहीबार ०६:२२

साउन १८, काठमाडौं | क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले गजबको प्रदर्शन गरेका छन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनका कारण सरे जग्वार्सले सफलता पनि हात पारेको छ । 

सोही योगदानका कारण सन्दीप म्यान अफ दी म्याच पनि घोषित भए । सरे जग्वार्सले आफ्नो पछिल्लो खेलमा मिसिसाउगा प्यान्थर्सलाई आठ विकेटको फराकिलो अन्तरले हरायो । उक्त खेलमा सन्दीपले निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिए ।

सोही योगदानका कारण उक्त खेलमा सन्दीप म्यान अफ दी म्याच पनि घोषित भएका थिए । उत्कृष्ट प्रदर्शनका लागि क्यानले बिहीबार सन्दीपलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत बधाई दिएको हो । 

‘उत्कृष्ट प्रदर्शनका लागि सन्दीप लामिछानेलाई बधाई छ । उनले मिसिसाउगा प्यान्थर्सविरुद्धको खेलमा आफ्नो टोली सरे जग्वार्सका लागि चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिएका छन् । उनले आफ्नो टोलीलाई आठ विकेटले जिताएका छन् भने म्यान अफ दी म्याचको पुरस्कार पनि पाएका छन्,’ सन्दीपलाई बधाइ दिँदै क्यानले भनेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको प्यान्थर्सले १४।३ ओभरमै अलआउट हुनुअघि ५६ रन मात्र बनाउन सक्यो । प्यान्थर्सलाई सस्तोमा समेटन सन्दीपका अतिरिक्त इफ्तिखार अहमद र म्याथ्यु फोर्डले दुई—दुई विकेट लिए । आयान खान र अमार खालिदले पनि एक—एक विकेट हात पारे । 

प्यान्थर्सका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर श्रेयस मोभाले १७ र निखिल दत्ताले १० रन बनाए । जवाफी ब्याटिङमा ओर्लिएको सरेले नौ ओभरमा केवल दुई विकेट गुमाएर ५९ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । 

सरेका लागि ओपनर ब्याट्सम्यान मोहम्मद ह्यारिसले अविजित ३७ रन बनाए । विकेटकिपर ब्याट्सम्यान लिटन दासले १० रन जोडे । कप्तान इफ्तिाखार अहमदले अविजित आठ रन जोडे । सात खेलबाट १० अङ्क जोडेको सरे पहिलो स्थानमा छ । 

जारी सिजनको ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा सर्वाधिक विकेट लिने बलरको सूचिमा सन्दीप तेस्रो स्थानमा आसिन छन् । प्रतियोगितामा उनले हालसम्म १० विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा लङ् भान विक पहिलो र म्याथ्यु फोर्ड दोस्रो स्थानमा छन् । लङ् भानले १२ र फोर्डले ११ विकेट लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न