५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यानडामा सन्दीपको गजबको प्रदर्शन, क्यानले दियो बधाई

१८ श्रावण २०८०, बिहीबार ०६:२२

साउन १८, काठमाडौं | क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले गजबको प्रदर्शन गरेका छन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनका कारण सरे जग्वार्सले सफलता पनि हात पारेको छ । 

सोही योगदानका कारण सन्दीप म्यान अफ दी म्याच पनि घोषित भए । सरे जग्वार्सले आफ्नो पछिल्लो खेलमा मिसिसाउगा प्यान्थर्सलाई आठ विकेटको फराकिलो अन्तरले हरायो । उक्त खेलमा सन्दीपले निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिए ।

सोही योगदानका कारण उक्त खेलमा सन्दीप म्यान अफ दी म्याच पनि घोषित भएका थिए । उत्कृष्ट प्रदर्शनका लागि क्यानले बिहीबार सन्दीपलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत बधाई दिएको हो । 

‘उत्कृष्ट प्रदर्शनका लागि सन्दीप लामिछानेलाई बधाई छ । उनले मिसिसाउगा प्यान्थर्सविरुद्धको खेलमा आफ्नो टोली सरे जग्वार्सका लागि चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिएका छन् । उनले आफ्नो टोलीलाई आठ विकेटले जिताएका छन् भने म्यान अफ दी म्याचको पुरस्कार पनि पाएका छन्,’ सन्दीपलाई बधाइ दिँदै क्यानले भनेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको प्यान्थर्सले १४।३ ओभरमै अलआउट हुनुअघि ५६ रन मात्र बनाउन सक्यो । प्यान्थर्सलाई सस्तोमा समेटन सन्दीपका अतिरिक्त इफ्तिखार अहमद र म्याथ्यु फोर्डले दुई—दुई विकेट लिए । आयान खान र अमार खालिदले पनि एक—एक विकेट हात पारे । 

प्यान्थर्सका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर श्रेयस मोभाले १७ र निखिल दत्ताले १० रन बनाए । जवाफी ब्याटिङमा ओर्लिएको सरेले नौ ओभरमा केवल दुई विकेट गुमाएर ५९ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । 

सरेका लागि ओपनर ब्याट्सम्यान मोहम्मद ह्यारिसले अविजित ३७ रन बनाए । विकेटकिपर ब्याट्सम्यान लिटन दासले १० रन जोडे । कप्तान इफ्तिाखार अहमदले अविजित आठ रन जोडे । सात खेलबाट १० अङ्क जोडेको सरे पहिलो स्थानमा छ । 

जारी सिजनको ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा सर्वाधिक विकेट लिने बलरको सूचिमा सन्दीप तेस्रो स्थानमा आसिन छन् । प्रतियोगितामा उनले हालसम्म १० विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा लङ् भान विक पहिलो र म्याथ्यु फोर्ड दोस्रो स्थानमा छन् । लङ् भानले १२ र फोर्डले ११ विकेट लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता