५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पेनाल्टी सुटआउटमा साविक विजेता अमेरिकालाई हराउँदै स्विडेन क्वार्टरफाइनलमा

२१ श्रावण २०८०, आईतवार १२:२५

एजेन्सी। साविक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । स्विडेनले आइतबार खेलिएको रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा बलियो अमेरिकालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हरायो । 

महत्वपूणर् जितसँगै स्विडेन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अमेरिका सर्वाधिक चार पटकको उपाधि विजेता राष्ट्र हो । अमेरिकाले महिला विश्वकपमा पहिलो, तेस्रो, सातौं र आठौं संस्करणको उपाधि जितेको थियो । महिला विश्वकपमा अमेरिकाको यो सबैभन्दा खराब प्रदर्शन हो ।


स्विडेन र अमेरिकाबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको प्रारम्भदेखि नै स्विडेनले अमेरिकालाई कडा चुनौती दिएको थियो । त्यसपछि खेल थप समयतर्फ धकेलिएको थियो । थप गरिएको समयमा पनि दुबैतर्फबाट गोल हुन सकेन ।

त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक थियो । अन्ततः पेनाल्टी सुटआउटमा स्विडेनले बाजी मार्‍यो । जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने स्विडेन चौथो राष्ट्र हो । जापान, स्पेन र नेदरल्यान्ड्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् । 

प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २-० र जापानले नर्वेलाई ३-१ गोलले हराएका हुन् । नेदरल्यान्ड्सले भने दक्षिण अफ्रिकालाई २-० गोलले हराएको हो । प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको सामना गर्नेछ । जापानले भने क्वार्टरफाइनलमा स्विडेनलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता