५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डोको गोलमा अल नासर अरब क्लब कपको सेमिफाइनलमा

२२ श्रावण २०८०, सोमबार ०३:४९

साउन २२, एजेन्सी | साउदी अरबको टोली अल–नासरले मोरोक्कोको राजा क्लासबान्कालाईलाई हराउँदै  अरब क्लब कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रिन्स सुल्तान बिन अब्दुल अजिज रंगशालामा भएको खेलमा अल–नासर ३–१ गोलले विजयी भएको हो ।

अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डो, सुल्तान अल घानाम र सेको फोफानाले १-१ गोल गरेका थिए ।


खेलको १९ औँ मिनेटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै साउदी टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगिताका तीन खेलमा रोनाल्डोको यो दोस्रो गोल थियो 

१० मिनेटपछि सुल्तान अल–घानामले टोलीको अग्रता दोब्बर बनाए । लगत्तै सेको फोफानाले टोलीलाई तेस्रो गोल गर्दै टोलीलाई ३-०  ले अग्रता दिलाए । ४१ औं मिनेटमा अब्दुल्लाह मादुले आत्मघाती गोल गर्दा क्लासबान्का खेलमा फर्कने संकेत देखिएको थियो । तर त्यसपछि दोस्रो हाफमा गोल हुन नसक्दा अल नासर सेमिफाइनलमा पुगेको हो । अबअल नासरले सेमिफाइनलमा इराकको अल शोर्ताको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता