भारतले नेपालबिरुद्ध ब्याटिङ गर्दै, सातौँ ओभरको खेल सकिँदा ७६ रन जोड्यो

Posted on: 03 Oct, 2023

असोज १६, काठमाडौँ । १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म भारतले ७ ओभरको खेल खेल्दा बिना विकेट ५४ रन बनाएर खेलिरहेको छ ।

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ । माल्दिभ्सविरुद्ध खेलेका विनाेद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् । यस्तै, भारतका जितेश शर्मा र साई किशाेरले टी-२०आईमा डेब्यु गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!