५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको पावर हिटिङ- भारतको भन्दा धेरै छक्का प्रहार

१६ आश्विन २०८०, मंगलवार ०६:४३

असोज १६, काठमाडौँ | एसियन गेम्स अन्तरगत भारतसँगको क्रिकेट म्याचमा नेपालले आफ्नो ‘पावर हिटिङ’ क्षमताको उजागर गरेको छ । खेलमा पराजित भए पनि नेपाली ब्याट्सम्यानले भारतीय ब्याट्सम्यानभन्दा बढी छक्का प्रहार गर्न सफल भए ।

हाङ्झोउको रंगशालामा बाउन्ड्री औसतभन्दा सानो छ । यही मैदानमा नेपालले मंगोलियाविरुद्धको म्याचमा सर्वाधिक छक्काको विश्वकिर्तिमान राखेको थियो । फितलो बलिङमाथि नेपाली ब्याट्सम्यानले प्रभूत्व देखाएको टिप्पणी पनि भए । तर, सशक्त प्रतिद्वन्द्वी भारतका बलरहरुमाथि पनि नेपालले पावर हिटिङमा कुनै कसर छोडेन ।


आजको खेलमा भारतीय ब्याट्सम्यानले भन्दा नेपालका ब्याट्सम्यानले धेरै छक्का प्रहार गरेका छन् । भारतले १२ वटा छक्का हानेकोमा त्यसलाई उछिन्दै नेपालले १४ वटा छक्का हानेको हो । भारतका ओपनर यसस्वि जैसवाल एक्लैले ७ छक्का हानेका थिए भने रिंकु सिंहले ४ छक्का हाने । बाँकी एक छक्का शिवम दुवेको नाममा रह्यो ।

२३ बलको सामना गरेका भारतीय कप्तान तथा ओपनिङ ब्याट्सम्यान रुतुराज गाइक्वाडले एउटा पनि छक्का हान्न सकेनन् । तिलक बर्मा र जितेश शर्मा सस्तैमा आउट भएका थिए ।

यता नेपालबाट भने ७ जना ब्याट्सम्यानले कम्तिमा एउटा छक्का प्रहार गरे । सबैभन्दा बढी दीपेन्द्रसिंह ऐरीले ४ छक्का हाने । १४ औं ओभरमा उनले शिवम दुवेलाई लगातार तीन छक्का प्रहार गरेका थिए । त्यस ओभरमा उनले २१ रन बटुृल्दै नेपालको आशा जगाएका थिए । तर, अर्को ओभरमा फेरि छक्का हान्न प्रयास गर्दा उनी आउट भए ।

ओपनर कुशल भुर्तेलले र आसिफ शेखले १–१ छक्का हानेका थिए । नेपालका लागि छक्काको खाता आसिफले खोले । उनले आभेस खानलाई डिप कभरतर्फ हानेको छक्का उत्कृष्ट थियो ।

सर्वाधिक छिटो सतकका विश्वकिर्तिमानी कुशल मल्लले दुई छक्का प्रहार गरे । सर्वाधिक छिटो अर्धसतकका किर्तिमानी ऐरीले आफ्नो दोस्रो बलमा नै शिवम दुवेविरुद्ध छक्का हानेका थिए ।

यस्तै, युवा ब्याट्सम्यान सन्दीप जोरा पनि छक्का हान्न पछि परेनन् । उनले अर्सदीप सिंहमाथि एकै ओभरमा २ छक्का प्रहार गरेका उनले जम्मा ३ छक्का हाने । यस्तै, तल्लो क्रममा सोमपाल कामीले एक र करण केसीले दुई छक्का प्रहार गरे ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ३० रन चाहिएको थियो । यो असम्भवप्राय हो । क्रिजमा करण केसी थिए र हातमा एक विकेट मात्र थियो । केसी ५ बलसम्म लगातार बिट भए । ओभरको अन्तिम बलमा छक्का हानेपछि उनले केही राहत महसुस गरे ।

नेपालले मंगोलियाविरुद्धको म्याचमा २६ छक्का प्रहार गरेको थियो, जुन टि–२०मा सर्वाधिक छक्काको विश्वकीर्तिमान हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता