२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको पावर हिटिङ- भारतको भन्दा धेरै छक्का प्रहार

२०८०, १६ आश्विन मंगलवार ०६:४३

असोज १६, काठमाडौँ | एसियन गेम्स अन्तरगत भारतसँगको क्रिकेट म्याचमा नेपालले आफ्नो ‘पावर हिटिङ’ क्षमताको उजागर गरेको छ । खेलमा पराजित भए पनि नेपाली ब्याट्सम्यानले भारतीय ब्याट्सम्यानभन्दा बढी छक्का प्रहार गर्न सफल भए ।

हाङ्झोउको रंगशालामा बाउन्ड्री औसतभन्दा सानो छ । यही मैदानमा नेपालले मंगोलियाविरुद्धको म्याचमा सर्वाधिक छक्काको विश्वकिर्तिमान राखेको थियो । फितलो बलिङमाथि नेपाली ब्याट्सम्यानले प्रभूत्व देखाएको टिप्पणी पनि भए । तर, सशक्त प्रतिद्वन्द्वी भारतका बलरहरुमाथि पनि नेपालले पावर हिटिङमा कुनै कसर छोडेन ।


आजको खेलमा भारतीय ब्याट्सम्यानले भन्दा नेपालका ब्याट्सम्यानले धेरै छक्का प्रहार गरेका छन् । भारतले १२ वटा छक्का हानेकोमा त्यसलाई उछिन्दै नेपालले १४ वटा छक्का हानेको हो । भारतका ओपनर यसस्वि जैसवाल एक्लैले ७ छक्का हानेका थिए भने रिंकु सिंहले ४ छक्का हाने । बाँकी एक छक्का शिवम दुवेको नाममा रह्यो ।

२३ बलको सामना गरेका भारतीय कप्तान तथा ओपनिङ ब्याट्सम्यान रुतुराज गाइक्वाडले एउटा पनि छक्का हान्न सकेनन् । तिलक बर्मा र जितेश शर्मा सस्तैमा आउट भएका थिए ।

यता नेपालबाट भने ७ जना ब्याट्सम्यानले कम्तिमा एउटा छक्का प्रहार गरे । सबैभन्दा बढी दीपेन्द्रसिंह ऐरीले ४ छक्का हाने । १४ औं ओभरमा उनले शिवम दुवेलाई लगातार तीन छक्का प्रहार गरेका थिए । त्यस ओभरमा उनले २१ रन बटुृल्दै नेपालको आशा जगाएका थिए । तर, अर्को ओभरमा फेरि छक्का हान्न प्रयास गर्दा उनी आउट भए ।

ओपनर कुशल भुर्तेलले र आसिफ शेखले १–१ छक्का हानेका थिए । नेपालका लागि छक्काको खाता आसिफले खोले । उनले आभेस खानलाई डिप कभरतर्फ हानेको छक्का उत्कृष्ट थियो ।

सर्वाधिक छिटो सतकका विश्वकिर्तिमानी कुशल मल्लले दुई छक्का प्रहार गरे । सर्वाधिक छिटो अर्धसतकका किर्तिमानी ऐरीले आफ्नो दोस्रो बलमा नै शिवम दुवेविरुद्ध छक्का हानेका थिए ।

यस्तै, युवा ब्याट्सम्यान सन्दीप जोरा पनि छक्का हान्न पछि परेनन् । उनले अर्सदीप सिंहमाथि एकै ओभरमा २ छक्का प्रहार गरेका उनले जम्मा ३ छक्का हाने । यस्तै, तल्लो क्रममा सोमपाल कामीले एक र करण केसीले दुई छक्का प्रहार गरे ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ३० रन चाहिएको थियो । यो असम्भवप्राय हो । क्रिजमा करण केसी थिए र हातमा एक विकेट मात्र थियो । केसी ५ बलसम्म लगातार बिट भए । ओभरको अन्तिम बलमा छक्का हानेपछि उनले केही राहत महसुस गरे ।

नेपालले मंगोलियाविरुद्धको म्याचमा २६ छक्का प्रहार गरेको थियो, जुन टि–२०मा सर्वाधिक छक्काको विश्वकीर्तिमान हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना