५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसियाली खेलकुद पुरुष क्रिकेट: श्रीलंकालाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

१७ आश्विन २०८०, बुधबार ०८:०२

असोज १७, काठमाडौँ | चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै अफगानिस्थान सेमिफाइनल प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ रनले पराजित गर्‍यो। 

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो। ११७ रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमा सीमित भयो। 

अफगानिस्तानका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाएका। ओपनर सिदीकुल्लाह अटल मात्र १ रन बनाएर आउट हुँदा अफगानिस्तानका लागि नुरले उत्कृष्ट पारी खेलेका थिए।

दोस्रो विकेटका लागि मोहमद शहजादसँग ५४ रनको साझेदारी गरेका नरुले तेस्रो विकेटका लागि शहिदुल्लाहसँग ३७ रनको साझेदारी गरे। उनी पाँचौं विकेटका रुपमा व्यक्तिगत ५१ रनमा आउट भए। नरु आउट हुँदा टिमको स्कोर ११२ रन रन थियो। थप ४ रन जोड्दासम्म अफगानिस्तान अलआउट भएको थियो।

जवाफी ब्याटिङमा उत्रिएकी श्रीलंका अफगानी बलरसामू निरिह देखियो। सहान अरचिगेले २२ रन बनाउनु बाहेक श्रीलंकाका अरु ब्याटरले राम्रो रन बनाउन सकेनन्।  

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान ३–३ विकेट लिएका थिए। शराफुद्दीन अशरफ, जाहिर खान र करिम जनतले समान १–१ विकेट लिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता