५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

१९औँ एसियाली खेलकुदमा पदकबाट चुके कराँते खेलाडी विप्लव

१९ आश्विन २०८०, शुक्रबार ०९:१६

असोज १९, काठमाडौँ | चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली कराँते खेलाडी विप्लवलाल श्रेष्ठ पदकबाट चुकेका छन् । कांस्य पदकका लागि शुक्रबार भएको भिडन्तमा उनी साउदी अरेबियाका खेलाडी तारेग हमेदीसँग १—९ अंकले पराजित भए । 


जारी एसियाली खेलकुदमा विप्लवबाट पदकको निकै आशा गरिएको थियो । उनले कराँतेको कुमिते पुरुष ८४ केजीभन्दा माथिको तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । शुक्रबार नै भएको आफ्नो पहिलो खेलमा विप्लवले ताजिकिस्तानका खेलाडी उमेद साफारोभलाई १२—४ अंकले हराएका थिए । त्यसपछि उनी प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका थिए ।

क्वार्टरफाइनल खेलमा भने उनी किर्गिस्तानका खेलाडी सादिकानोभ अदिलेतसँग १—५ अंकले पराजित भएका थिए । क्वार्टरफाइनलमा पराजित भएपछि रेपेचागेको पहिलो खेलमा उनले ‘बाई’ पाएका थिए । उक्त खेलमा ‘बाई’ पाएर विप्लवले साउदी अरेबियाका खेलाडीसँग कांस्य पदकका लागि भिडन्त पक्का गरेका थिए । तर, उनी पदकको भिडन्तमा साउदी अरेबियाका खेलाडीसँग पराजित हुन पुगे ।

१९औँ एसियाली खेलकुदमा नेपालले हालसम्म एउटा कांस्य पदकमात्र जित्न सकेको छ । महिला कबड्डी टोलीले कांस्य पदक जितेको हो । नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुद प्रतियोगिताको पहिलो सहभागितामै देशलाई कांस्य पदक दिलाएको हो । 

जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ५३ जना खेलाडी सहभागी गराएको छ । एसियाली खेलकुदमा सहभागी जनाउन करिब ३० करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता