५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्याण्ड्सविरुद्ध लड्खडायो पाकिस्तान : एकै ओभरमा गुमायो दुई विकेट

१९ आश्विन २०८०, शुक्रबार ११:३७

असोज १९, काठमाडौँ | भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फेरि लड्खडाएको छ । यो समाचार तयार पार्दासम्म पाकिस्तानले ३३ ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको छ ।

पाकिस्तानले ३३ औँ ओभरमा महत्वपूर्ण दुई विकेट गुमायो । उसले ओभरको तेस्रो बलमा मोहम्मद रिजवान (६८) र अन्तिम बलमा इफ्तिखार अहमदलाई ९ रनमा गुमाएको हो । त्यसअघि चौथो विकेटका लागि पाकिस्तानले साउद शकीललाई ६८ रनमा गुमाउन पुग्यो ।  

सस्तैमा तीन विकेट गुमाएको पाकिस्तानले उत्कृष्ट कमब्याक गरेको थियो । पाकिस्तानको पुनरागमनमा मोहम्मद रिजवान र साउद शकीलले उत्कृष्ट ब्याटिङ गरे । उनीहरूबीच चौथो विकेटका लागि १ सय २० रनको साझेदारी बन्यो ।   

हैदराबादस्थित राजीव गान्धी स्टेडियममा जारी खेलमा पाकिस्तानले टस हारेर ब्याटिङको निम्तो पाएको हो । पाकिस्तानले पावर प्ले (सुरुआती १० ओभर) मै महत्वपूर्ण तीन विकेट गुमाएको थियो । पाकिस्तानले ३८ रन बनाउँदा फखर जमान (१२), इमाम उलहक (१५) र कप्तान बाबर आजम (५) लाई गुमाउन पुग्यो । 

नेदरल्याण्ड्सका लागि लोगानभान भीक, कोलिन एकरम्यान र पउल भ्यान मिकरेनले एक÷एक विकेट लिएका छन् । जारी विश्वकपको पहिलो खेलमा बिहीबार न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता