२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्याण्ड्सविरुद्ध लड्खडायो पाकिस्तान : एकै ओभरमा गुमायो दुई विकेट

२०८०, १९ आश्विन शुक्रबार ११:३७

असोज १९, काठमाडौँ | भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फेरि लड्खडाएको छ । यो समाचार तयार पार्दासम्म पाकिस्तानले ३३ ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको छ ।

पाकिस्तानले ३३ औँ ओभरमा महत्वपूर्ण दुई विकेट गुमायो । उसले ओभरको तेस्रो बलमा मोहम्मद रिजवान (६८) र अन्तिम बलमा इफ्तिखार अहमदलाई ९ रनमा गुमाएको हो । त्यसअघि चौथो विकेटका लागि पाकिस्तानले साउद शकीललाई ६८ रनमा गुमाउन पुग्यो ।  

सस्तैमा तीन विकेट गुमाएको पाकिस्तानले उत्कृष्ट कमब्याक गरेको थियो । पाकिस्तानको पुनरागमनमा मोहम्मद रिजवान र साउद शकीलले उत्कृष्ट ब्याटिङ गरे । उनीहरूबीच चौथो विकेटका लागि १ सय २० रनको साझेदारी बन्यो ।   

हैदराबादस्थित राजीव गान्धी स्टेडियममा जारी खेलमा पाकिस्तानले टस हारेर ब्याटिङको निम्तो पाएको हो । पाकिस्तानले पावर प्ले (सुरुआती १० ओभर) मै महत्वपूर्ण तीन विकेट गुमाएको थियो । पाकिस्तानले ३८ रन बनाउँदा फखर जमान (१२), इमाम उलहक (१५) र कप्तान बाबर आजम (५) लाई गुमाउन पुग्यो । 

नेदरल्याण्ड्सका लागि लोगानभान भीक, कोलिन एकरम्यान र पउल भ्यान मिकरेनले एक÷एक विकेट लिएका छन् । जारी विश्वकपको पहिलो खेलमा बिहीबार न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल