असोज २१, काठमाडौँ | अफगानिस्तानका स्टार स्पिनर रशिद खानले विश्वकप क्रिकेट खेलेबापत आउने म्याच फी भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् ।
आइतबार बिहान गएको भूकम्पमा परेर अफगानिस्तानमा जनधनको ठूलो क्षति भएको छ ।
उनले आइतबार सामाजिक सञ्जालमा भूकम्पमा परेर मृत्यु भएका मानिसको शव र भूकम्पले तहसनहस परेको ठाउँको तस्वीर पोस्ट गर्दै पीडितला२ सहयोग गर्ने बताएका हुन् ।
विश्वकप क्रिेटक खेल्न भारतमा रहेका उनले आफूहरुले एक राहत कोष खडा गरि पीडितलाई सहयोग गर्ने जानकारी गराएका छन् ।