२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चौका हान्न खोजेको बल छक्का जाँदा केएल राहुल निराश !

२०८०, २२ आश्विन सोमबार ०६:००

असोज २२, काठमाडौँ | क्रिकेट म्याचमा छक्का हान्दा कुनै ब्याट्सम्यान बेखुसी होला ? त्यसमाथि जब त्यो छक्का तपाईँको टीमको ‘विनिङ रन’ हुन्छ भने ब्याट्सम्यानलाई त्योभन्दा ठूलो सन्तुष्टि कुनै हुँदैन । तर, विश्वकप क्रिकेटमा अष्ट्रेलिया र भारतबीचको भिडन्तका क्रममा फरक दृश्य देखियो ।

४१.२ ओभरमा राहुक केएलले प्रहार गरेको बलले बाउन्ड्री लाइन पार गर्दै छक्का भयो । अष्ट्रेलियाले दिएको २०० रनको लक्ष्य पार गर्दै भारतले खेल जित्यो । तर, सेलिब्रेट गर्नुको साटो राहुल स्तब्ध भएर थचक्क भुईँमा बसे । उनको अनुहारमा निराशा देखियो । केहीबेरमा उनी मुस्कुराए । अनि जितको उत्सव मनाए ।


खासमा केएल राहुलले यो बल छक्का होस भन्ने चाहेका थिएनन् । आखिर किन ? कारण रोचक छ ।

हिजोको खेलमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले २०० रनको मामुली लक्ष्य भारतलाई दिएको थियो । भारतले पनि खराब सुरुवात गर्दै २ रनमै तीन विकेट गुमायो । खेल रोमाञ्चक बन्ने देखिएको थियो । तर, अष्ट्रेलियाका मिचेल मार्चले भारतका विराट कोहलीलाई ड्रप गरे । यही क्षण नै खेलमा मुख्य टर्निङ प्वाइन्ट बन्यो । कोहली र राहुलले त्यसपछि टीमलाई सम्हाल्दै जिततर्फ डोहोर्‍याए ।

कोहली ८५ रनमा आउट हुँदा राहुल ९७ रनमा अविजित रहेका थिए । उनी ३ रनले पहिलो विश्वकप शतक बनाउन चुके । उनी शतकका निम्ति लालायित थिए । शतक बनाउन उनका लागि एकदमै झिनो अवसर थियो । भारतलाई जितका लागि ५ रन मात्र चाहिँदा राहुल शतकबाट ९ रनले टाढा थिए । ४२ औँ ओभरमा उनी स्ट्राइभमा आए । उनको दिमागमा थियो, एउटा बल चौका र त्यसपछिको बल छक्का हान्दै आफ्नो शतक पूरा गर्ने ।

४१ ओभरको खेल समाप्तिमा भारतले १९५ रन बनाएको थियो । यहाँबाट राहुलले एक चौका हान्दा स्कोर बराबरी हुन्थ्यो । त्यसपछि छक्का हानेर उनले शतक पूरा गर्न सक्थे । तर, सोचेझैँ कहाँ हुन्छ र !

४१.१ ओभरमा राहुलले डट बल खेले । त्यसपछि दोस्रो बलमा उनले चौका निकाल्ने धुनमा कडा प्रहार गरे । तर, बल हावामा गयो र सिधै छक्का भयो । भारतले २०१ रन बनाउँदै खेल जित्यो । राहुल ९७ रनमै रोकिए । यसैको निराशमा उनले मैदानमा व्यक्त गरेका थिए । यद्यपि, उनले पछि शतक हानेकै शैलीमा सेलिब्रेसन गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल