५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चौका हान्न खोजेको बल छक्का जाँदा केएल राहुल निराश !

२२ आश्विन २०८०, सोमबार ०६:००

असोज २२, काठमाडौँ | क्रिकेट म्याचमा छक्का हान्दा कुनै ब्याट्सम्यान बेखुसी होला ? त्यसमाथि जब त्यो छक्का तपाईँको टीमको ‘विनिङ रन’ हुन्छ भने ब्याट्सम्यानलाई त्योभन्दा ठूलो सन्तुष्टि कुनै हुँदैन । तर, विश्वकप क्रिकेटमा अष्ट्रेलिया र भारतबीचको भिडन्तका क्रममा फरक दृश्य देखियो ।

४१.२ ओभरमा राहुक केएलले प्रहार गरेको बलले बाउन्ड्री लाइन पार गर्दै छक्का भयो । अष्ट्रेलियाले दिएको २०० रनको लक्ष्य पार गर्दै भारतले खेल जित्यो । तर, सेलिब्रेट गर्नुको साटो राहुल स्तब्ध भएर थचक्क भुईँमा बसे । उनको अनुहारमा निराशा देखियो । केहीबेरमा उनी मुस्कुराए । अनि जितको उत्सव मनाए ।


खासमा केएल राहुलले यो बल छक्का होस भन्ने चाहेका थिएनन् । आखिर किन ? कारण रोचक छ ।

हिजोको खेलमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले २०० रनको मामुली लक्ष्य भारतलाई दिएको थियो । भारतले पनि खराब सुरुवात गर्दै २ रनमै तीन विकेट गुमायो । खेल रोमाञ्चक बन्ने देखिएको थियो । तर, अष्ट्रेलियाका मिचेल मार्चले भारतका विराट कोहलीलाई ड्रप गरे । यही क्षण नै खेलमा मुख्य टर्निङ प्वाइन्ट बन्यो । कोहली र राहुलले त्यसपछि टीमलाई सम्हाल्दै जिततर्फ डोहोर्‍याए ।

कोहली ८५ रनमा आउट हुँदा राहुल ९७ रनमा अविजित रहेका थिए । उनी ३ रनले पहिलो विश्वकप शतक बनाउन चुके । उनी शतकका निम्ति लालायित थिए । शतक बनाउन उनका लागि एकदमै झिनो अवसर थियो । भारतलाई जितका लागि ५ रन मात्र चाहिँदा राहुल शतकबाट ९ रनले टाढा थिए । ४२ औँ ओभरमा उनी स्ट्राइभमा आए । उनको दिमागमा थियो, एउटा बल चौका र त्यसपछिको बल छक्का हान्दै आफ्नो शतक पूरा गर्ने ।

४१ ओभरको खेल समाप्तिमा भारतले १९५ रन बनाएको थियो । यहाँबाट राहुलले एक चौका हान्दा स्कोर बराबरी हुन्थ्यो । त्यसपछि छक्का हानेर उनले शतक पूरा गर्न सक्थे । तर, सोचेझैँ कहाँ हुन्छ र !

४१.१ ओभरमा राहुलले डट बल खेले । त्यसपछि दोस्रो बलमा उनले चौका निकाल्ने धुनमा कडा प्रहार गरे । तर, बल हावामा गयो र सिधै छक्का भयो । भारतले २०१ रन बनाउँदै खेल जित्यो । राहुल ९७ रनमै रोकिए । यसैको निराशमा उनले मैदानमा व्यक्त गरेका थिए । यद्यपि, उनले पछि शतक हानेकै शैलीमा सेलिब्रेसन गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता