४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अनाधिकृत मैदानभित्र प्रवेश गरेपछी ‘जार्भो-६९’ लाई आईसीसीको प्रतिबन्ध, विश्वकपको कुनै पनि खेल हेर्न नपाउने

२२ आश्विन २०८०, सोमबार ०८:११

असोज २२, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘जार्भो—६९’ लाई भारतमा जारी एकदिवसीय विश्वकपको कुनै पनि खेल हेर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उनले अब रंगशालामा पुगेर विश्वकपका कुनै पनि खेल हेर्न पाउने छैनन् । 

विश्वकपअन्तर्गत आइतबार चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा भारत र अस्ट्रेलियाबीचको खेल खेलिएको थियो । भारत र अस्ट्रेलियाबीचको त्यो खेलका क्रममा ‘जार्भो—६९’ को नामले चर्चित ड्यानियल जार्भिस अचानक मैदानमा प्रवेश गरेका थिए । 

उनले यसअघि पनि खेलका क्रममा यस्तै चर्तिकला देखाउँदै आएका थिए । पहिलो ओभरको पहिलो बल फाल्ने तयारी भइरहँदा उनी सुरक्षाकर्मीहरुलाई झुक्याउँदै मैदानभित्र प्रवेश गरेका थिए । मैदानभित्र प्रवेश गरेर उनले विराट कोहली, केएल राहुललगायतका भारतीय खेलाडीसँग कुराकानी समेत गर्न भ्याएका थिए ।


विराट कोहलीले भने अनाधिकृत रुपमा मैदानभित्र प्रवेश गरेको भन्दै ड्यानियल जार्भिसलाई गाली गरेको समाचारमा जनाइएको छ । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई मैदानबाट बाहिर निकालेका थिए । सोही घटनालाई लिएर आईसीसीले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

आईसीसीले उनीमाथि रंगशालामा उपस्थित भएर विश्वकपको कुनै पनि खेल हेर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । ‘विश्वकपका क्रममा भविष्यमा यस्ता घटना पुनः नदोहोरियोस् भन्नेमा हामी सचेत छौं,’ आईसीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

सन् २०२१ मा लन्डनमा आयोजित इङ्ल्यान्ड र भारतबीचको चौथो टेस्टका क्रममा पनि उनी सुरक्षाकर्मीलाई झुक्याउँदै मैदानमित्र प्रवेश गरेका थिए । त्यतिबेला उनले इङ्ल्यान्डका ब्याट्सम्यान जोनी ब्रेस्टोसँग बादबिवाद पनि गरेका थिए । 

त्यसपछि उनीमाथि मुद्दा चलाइएको थियो र त्यो घटनामा उनी दोषी पनि सावित भएका थिए । जार्भिसले मैदानमा प्रवेश गरी जोनी ब्रेस्टोसँग बिवाद गरेको घटना आफ्नो यूट्यूब च्यानलमा पनि पोष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ