२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा आज: दुई बलिया टेष्ट राष्ट्र अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच भिडन्त

२०८०, २५ आश्विन बिहीबार ०७:४०

असोज २५, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार दुई बलिया टेष्ट राष्ट्र अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच भिडन्त हुँदै छ । लखनउमा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको उक्त भिडन्तसँगै जारी विश्वकपमा दोस्रो चरणको खेल पनि सकिने छ । जारी विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो भने अस्ट्रेलियाले हार भोगेको थियो । 

दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई एक सय दुई रनले हराएको थियो । अस्ट्रेलिया भने आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र भारतसँग ६ विकेटले पराजित भएको थियो । त्यसैले बिहीबार हुने खेलमा अस्ट्रेलिया पहिलो जितको खोजीमा हुनेछ भने दक्षिण अफ्रिका दोस्रो सफलताको प्रयासमा ।


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी गरिएको पछिल्लो एकदिवसीय वरीयतामा अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । एकदिवसीय विश्वकपमा अस्ट्रेलियाको १३औँ सहभागिता हो भने दक्षिण अफ्रिकाको नवौँ ।

एकदिवसीय विश्वकपमा उपलब्धिको हिसाबले भने दक्षिण अफ्रिकाभन्दा अस्ट्रेलियाली टोली निकै बलियो देखिन्छ । अस्ट्रेलियाले सर्वाधिक पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा विश्वकप जितेको थियो ।

यसदेखि बाहेक अस्ट्रेलिया सन् १९७५ र सन् १९९६ मा विश्वकपको फाइनलसम्म पुगेको थियो । तर, दक्षिण अफ्रिकाले हालसम्म विश्वकपको उपाधि उचाल्न सकेको छैन । दक्षिण अफ्रिका हालसम्म विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन ।

एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो उपलब्धि भनेको सेमिफाइनल हो । यो अफ्रिकी राष्ट्र सन् १९९२, सन् १९९९,  सन् २००७ र सन् २०१५ मा एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको थियो । 

अर्कोतिर, यी दुई राष्ट्रबीच हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको तथ्याङ्कलाई हेर्दा भने अस्ट्रेलियाभन्दा दक्षिण अफ्रिका केही बलियो देखिन्छ । हालसम्म यी दुई राष्ट्रले आपसमा एक सय आठवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । 

त्यसमध्ये ५४ खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ । ५० वटा खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । यी दुई राष्ट्रबीचको एक खेल अनिर्णीत रूपमा सकिएको छ भने तीन खेल बराबरीमा टुङ्गिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने