५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा आज: दुई बलिया टेष्ट राष्ट्र अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच भिडन्त

२५ आश्विन २०८०, बिहीबार ०७:४०

असोज २५, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार दुई बलिया टेष्ट राष्ट्र अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच भिडन्त हुँदै छ । लखनउमा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको उक्त भिडन्तसँगै जारी विश्वकपमा दोस्रो चरणको खेल पनि सकिने छ । जारी विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो भने अस्ट्रेलियाले हार भोगेको थियो । 

दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई एक सय दुई रनले हराएको थियो । अस्ट्रेलिया भने आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र भारतसँग ६ विकेटले पराजित भएको थियो । त्यसैले बिहीबार हुने खेलमा अस्ट्रेलिया पहिलो जितको खोजीमा हुनेछ भने दक्षिण अफ्रिका दोस्रो सफलताको प्रयासमा ।


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी गरिएको पछिल्लो एकदिवसीय वरीयतामा अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । एकदिवसीय विश्वकपमा अस्ट्रेलियाको १३औँ सहभागिता हो भने दक्षिण अफ्रिकाको नवौँ ।

एकदिवसीय विश्वकपमा उपलब्धिको हिसाबले भने दक्षिण अफ्रिकाभन्दा अस्ट्रेलियाली टोली निकै बलियो देखिन्छ । अस्ट्रेलियाले सर्वाधिक पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा विश्वकप जितेको थियो ।

यसदेखि बाहेक अस्ट्रेलिया सन् १९७५ र सन् १९९६ मा विश्वकपको फाइनलसम्म पुगेको थियो । तर, दक्षिण अफ्रिकाले हालसम्म विश्वकपको उपाधि उचाल्न सकेको छैन । दक्षिण अफ्रिका हालसम्म विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन ।

एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो उपलब्धि भनेको सेमिफाइनल हो । यो अफ्रिकी राष्ट्र सन् १९९२, सन् १९९९,  सन् २००७ र सन् २०१५ मा एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको थियो । 

अर्कोतिर, यी दुई राष्ट्रबीच हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको तथ्याङ्कलाई हेर्दा भने अस्ट्रेलियाभन्दा दक्षिण अफ्रिका केही बलियो देखिन्छ । हालसम्म यी दुई राष्ट्रले आपसमा एक सय आठवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । 

त्यसमध्ये ५४ खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ । ५० वटा खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । यी दुई राष्ट्रबीचको एक खेल अनिर्णीत रूपमा सकिएको छ भने तीन खेल बराबरीमा टुङ्गिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता