विश्वकप फुटबल छनोट: यस्तो छ लाओसविरुद्ध नेपालको सुरुवाती ११

Posted on: 12 Oct, 2023

असोज २५, काठमाडौँ | फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले बिहीबार लाओससँग खेल्दैछ । दशरथ रंगशालामा ५:३० बजे सुरु हुने खेलमा सुरुवाती ११ सार्वजनिक गरिएको छ ।

किरणकुमार चेम्जोङको कप्तानीमा उत्रने नेपालको सुरुवाती ११ मा अनन्त तामाङ, जिलेप्सीजङ कार्की, आशिष चौधरी, लाकेन लिम्बू छन् ।

यस्तै आवास लामिछाने, अञ्जन विष्ट, आयुष घलान, सनिष श्रेष्ठ, मनिष डाँगी र रोहित चन्द पनि टोलीमा छन् । नेपालले पहिलो चरणको होम खेल खेल्न लागेको हो । होम एन्ड अवे आधारमा सञ्चालन हुने खेलको विजेता दोस्रो चरणमा पुग्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!