२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डोको २ गोलमा पोर्चुगल ३ खेल बाँकी छँदै युरो २०२४ मा छनोट

२०८०, २७ आश्विन शनिबार ०३:५८

असोज २७, काठमाडौँ | स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगल आगामी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ को गोलले हराउँदै समूह जे बाट ३ खेल बाँकी छँदै युरोपियन च्याम्पियनसिपका लागि छनोट हुन सफल भएको हो ।

खेलको १८ औँ मिनेटमा पोर्चुगलका लागि गोन्कालो रामोशले पहिलो गोल गरेका थिए । २९ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट पोर्चुगलको अग्रता दोब्बर बनाए । 

दोस्रो हाफको ६९ औँ मिनेटमा डेभिड ह्यानकोले स्लोभाकियाका लागि एक गोल फर्काए पनि रोनाल्डोले तत्कालै गोल गर्दै टोलीको दुई गोलको अग्रता कायम गरेका थिए । 


स्टानिस्लाभ लोबोट्काले ८० औँ मिनेटमा स्लोभाकियाका लागि अर्को गोल गरे पनि त्यसपछि भने कुनै गोल हुन सकेन । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको कीर्तिमानी गोल सङ्ख्या १ सय २५ पुगेको छ । उनले २०२ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

पोर्चुगलले समूह जीको सातमध्ये सातै खेल जित्दै युरो २०२४ मा स्थान पक्का गरेको छ । पोर्चुगलसँगै बेल्जियन, जर्मनी र फ्रान्सले आफ्नो स्थान पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल