असोज २९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जितका लागि आज अस्ट्रेलिया र श्रीलंकाबीच खेल हुँदैछ ।
खेल नेपाली समयअनुसार दिउँसो २ बजे भारतको रत्नश्री अटल बिहारी वाजपेयी क्रिकेट मैदानमा सुरु हुनेछ ।
जारी विश्वकपमा दुवै टोलीका लागि आजको खेल तेस्रो हो । यसअघिका दुवै खेलमा दुवै टोली जितविहीन छन् । आजको खेलमा अष्ट्रेलिया र श्रीलंका पहिलो जितको खोजीमा हुनेछन् ।
यसअघि अस्ट्रेलिया भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो । श्रीलंका भने पाकिस्तान र न्युजिल्यान्डसँग हारेको हो ।
अस्ट्रेलिया र श्रीलंकाबिच हालसम्म कुल १०३ ओडीआई खेलिएको छ । अस्ट्रेलियाले ६३ खेल जितेको छ भने श्रीलंकाले ३६ खेल जितेको छ । ४ खेल अनिर्णित रह्यो ।
एकदिवसीय विश्वकप प्रतियोगिताको कुरा गर्दा १० खेल खेलिएका छन् जसमा अष्ट्रेलियाले ८ पटक जितेको छ भने श्रीलंकाले मात्र एक पटक जितेको छ । एक खेल भने नतिजा आउन सकेन ।