२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रशिक्षक अल्बर्टो एनेस भन्छन्– लाओसविरुद्ध आक्रामक फुटबल खेल्नेछौँ

२०८०, २९ आश्विन सोमबार ०९:२८

असोज २९, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले लाओसविरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसविरुद्ध खेल्नुअघि उनले यस्तो बताएका छन् ।

छनोटको दोस्रो लेगका निम्ति नेपाली टिम हाल लाओसमा छ । नेपालले मंगलबार (भोलि) लाओससँग उसैको मैदानमा खेल्नेछ । छनोटको दोस्रो चरणमा पुग्न नेपाललाई जित्नैपर्ने दबाब छ ।


यसअघि, दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपाल लाओससँग १–१ को बराबरीमा रोकिएको थियो । दोस्रो लेगको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले नेपाली टिमको तयारी निकै राम्रो रहेको बताए ।

“यहाँ आउन पाउँदा खुसी लागेको छ । पहिलो खेलमा लाओसले धेरै समय खेर फालेको थियो । रेफ्रीको निर्णय पनि हाम्रो पक्षमा थिएन । हामीले यो विषय म्याच कमिस्नरमा पनि उठाएका छौँ । दोस्रो लेगका लागि हामीले निकै राम्रो तयारी गरेका छौँ,” उनले भने, “यो खेल नेपाल र मेरो लागि पनि निकै महत्त्वपूर्ण छ । यदि, हामीले अगाडि बढ्ने हो भने हामीले जित्नुपर्छ र यो गाह्रो हुनेछ । तर, हामी भिडन्तको लागि तयार छौँ । हामी आक्रामक फुटबल खेल्नेछौँ ।”

नेपाली टिमका कप्तान किरण चेम्जोङले आफूहरूको लक्ष्य जित रहेको बताए । “निकै महत्त्वपूर्ण खेल, हामी सुन्दर फुटबल खेल्न चाहन्छौँ । पछिल्लो खेल निकै निराशाजनक रह्यो । हामीले राम्रो तयारी गरेका छौँ र अगाडि बढ्नको लागि जित हासिल गर्ने लक्ष्य राखेका छौँ,” उनले भने, “हामीले पहिलो हाफमा धेरै साना गल्तीहरू गर्‍यौँ, हामीले त्यसमा काम गरेका छौँ । टोलीको आत्मविश्वास राम्रो छ र केटाहरू भोलि राम्रो गर्न उत्प्रेरित छन् । हामी दसैँ पर्व मनाउने घर फर्केका फ्यानहरूलाई राम्रो नतिजा दिन चाहन्छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल