५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फिफा विश्वकप–२०२६ छनोट: लाओसलाई हराउने नेपालको लक्ष्य

३० आश्विन २०८०, मंगलवार ०५:३८

असोज ३०, काठमाडौं | फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो । दोस्रो चरणमा पुग्नका लागि नेपालले दोस्रो लेगमा लाओसलाई हराउनैपर्ने हुन्छ ।

दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ, जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ । त्यसैले यो खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्वपूर्ण छ ।


नेपाल र लाओसबीचको विजेता दोस्रो चरणमा युएई र बहराइन रहेको समूह ‘एच’मा पर्नेछ । यस्तै यमन र श्रीलंकाबीचको पहिलो चरणको विजेता पनि यही समूहमा रहनेछ ।

दोस्रो चरणमा पुग्नका लागि आक्रामक फुटबल खेल्ने र जसरी पनि जित निकाल्ने नेपालको रणनीति छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले लाओस विरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् ।

‘यदि हामीले अगाडि बढ्ने हो भने, हामीले जित्नुपर्छ र यो गाह्रो हुनेछ तर हामी भिडन्तका लागि तयार छौं । हामी आक्रामक अट्याकिङ फुटबल खेल्नेछौं,’ एनेसले सोमबार प्रिम्याच कन्फ्रेन्समा भनेका छन्, ‘लाओसले काउन्टर अट्याकिङ गर्ने फुटबल खेल्छ, म तिनीहरूलाई सम्मान गर्छु, तर हामीले सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।’

प्रशिक्षक एनेसले यो खेल आफ्नो र नेपालका लागि महत्वपूर्ण रहेको भन्दै राम्रो तयारी पनि गरेको बताए । ‘हामीले निकै राम्रो तयारी गरेका छौं । हामीले आफैंमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यो खेल नेपाल र मेरो लागि पनि निकै महत्वपूर्ण छ,’ उनले भने ।

पहिलो खेलमा लाओसले धेरै समय खेर फालेको र रेफ्रीको निर्णय पनि आफ्नो पक्षमा नआएको भन्दै यस विषयमा म्याच कमिशनरमा पनि कुरा उठाएको एनेसले बताए ।

उनले पहिलो खेलमा बराबरी खेले पनि नतिजाबाट निराश रहेको र दोस्रो खेल जित्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । यस्तै त्यसका लागि मिडफिल्डमा सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

पहिलो खेलमा लाओसले सुरुवाती अग्रता लिएको थियो र अन्जन विष्टको कीर्तिमानी गोलमा नेपालले पुनरागमन गर्दै बराबरी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता