५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

त्रिकोणात्मक टी-२० आई शृंखला: कप्तान रोहित भन्छन्- नतिजा राम्रो आउने गरीको तयारी छ

३० आश्विन २०८०, मंगलवार १२:०८

असोज ३०, काठमाडौँ |  नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज भोलिबाट सुरू हुँदैछ । टी-२० आई शृंखलाको ट्रफी मंगलबार सार्वजनिक गरिएको । नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका छन् । हङकङ टोली भने काठमाडौं आइसकेको छैन ।


मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । प्रतियोगिताअघि नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली टीमले राम्रो तयारी गरिरहेकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित प्रि म्याच कन्फ्रेन्समा पौडेलले सन्दीप लामिछानेको अनुपस्थितले टीममा असर पर्नु स्वाभाविक रहेको उनको भनाइ थियो ।


क्यानका सचिव पारस खड्काले मुलपानी क्रिकेट मैदान त्रिकोणात्मक क्रिकेट सिरिज हुनु नेपाली क्रिकेटमा राम्रो सुरुवात भएको बताए । सन्दीपसँग निरन्तर छलफलमा रहेको र नेपाली परिवारसँग समय बिताउने सन्दीपको इच्छा नकार्न नसकिएको उनको भनाइ छ ।


डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल भने कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम छ । खेलका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टीमको घोषणा समेत गरिसकेको छ । नेपाली टीमको सूचीमा सन्दीप लामिछानेको इच्छाअनुसार त्रिकोणात्मक सिरिजमा समावेश गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता