एसीसी यू-१९ प्रिमियर कप: साउदी अरबविरुद्ध नेपालका अर्जुन कुमालको शतक

Posted on: 19 Oct, 2023

कार्तिक २, काठमाडौँ | एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा अहिले साउदी अरबविरुद्ध भिडिरहेको नेपालका लागि अर्जुन कुमालले शतक बनाएका छन् ।

नेपालले ३६ ओभरमा एक विकेट गुमाएर २२२ रन जोडेको छ । अर्जुन ११२ रनमा खेल्दैछन् । उनले ९४ बलमा शतक पूरा गरेका थिए ।

आकाश त्रिपाठी ७० रनमा खेल्दैछन् । नेपालले ७१ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । यो खेल जितेमा नेपाल सेमिफाइनल पुग्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!