१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अर्जुन कुमालको विष्फोटक शतकमा साउदी अरबलाई नेपालले दियो ३४८ रनको लक्ष्य

२ कार्तिक २०८०, बिहीबार ०५:३४

कार्तिक २, काठमाडौँ | एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरेबलाई ३४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका ओपनर अर्जुन कुमालले विष्फोटक ब्याटिङ गर्दै शानदार १४२ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट क्षतिमा ३४७ रन जोडेकोहो । कुमालले अन्डर १९ अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो शतक पूरा गर्ने क्रममा ११२ बलमा १४२ रन जोडेर आउट भए । उनी नेपालका तर्फबाट उमेर समूहको क्रिकेटमा एउटै म्याचमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् ।


अर्जुनलाई तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले बलियो साथ दिएका थिए । उनले ९८ बलमा ८९ रन बनाए । कप्तान देव खनालको आज ब्याट चलेन । दुई बल खेलेका उनी शून्यमै आउट भए ।

छैटौं नम्बरमा आएका विशालविक्रम केसीले १८ बलमा २४ रन बनाएका थिए । साउदीअरबका लागि मोहम्मद घायूर अहमदले ८ ओभरमा ३८ रन खर्चेर दुई विकेट लिए । यस्तै मुहम्मद अहमद राजाले ६.१ ओभरमा ६० रन खर्चिएर दुई विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना