कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । चौथो विकेट पनि करण केसीले लिएका हुन् । उनले हङ्कङका तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातलाई पाँच रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।
करणले हायातलाई कुशल भुर्तेलद्वारा क्याच गराए । करणले लिएको यो तेस्रो विकेट हो । हङ्कङले पाँच ओभरमा चार विकेट गुमाएर २४ रन बनाएको छ ।