कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले ९५ रनको लक्ष्य पाएको छ ।
नेपालका करन केसीले ४ तथा सोमपाल कामी र अविनाश बोहराले २/२ विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एक एक विकेट हात पारे।
हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। १४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो। करनले चार ओभरमा १५ रन खर्चिए।